SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१५ गते
    ५०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् । नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताए ।

    कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’

    वरिष्ठ अधिवक्ता कार्कीको प्रतिक्रियाको सम्पादित अंश–

    प्रधानन्यायाधीशप्रति अनास्था र अविश्वास पैदा भयो, त्यसपछि हामीले यस किसिमको दुःखद् दिन व्यहोर्नुपर्‍यो । अध्यक्ष (नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ)ले भनेजस्तै यो न्यायपालिका शुद्धीकरणको पहिलो पाइला हो । सम्माननीय प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा, आफ्नो सम्मान नै राख्न सक्नु भएन । यो हाम्रो ठहर छ । बडो दुःखद् ठहर छ । जसलाई संविधानले, देशले पत्याएर त्यत्रो आसनमा पुर्‍यायो । उहाँले त्यो विश्वासलाई कायम राख्न सक्नुभएन, जुन तपाईंहरुले केही दिनदेखि देखिरहनुभएको छ ।

    बारलाई केही मिडियाका साथीहरुले नबुझेर, आफ्नो मिडियाको (मैले त्यसलाई दुरुपयोग भन्या छु) बारको कार्यक्रमलाई, बारको निष्कर्षलाई, बारको यो अप्रिय कदमलाई आरोपित गर्ने किसिमले केही लेख्नु भा’छ । म आग्रह गर्न चाहन्छु नेपालमा फ्रिडम अफ प्रेसका लागि सधैं संघर्ष गर्ने कुनै संस्था छ, तपाईंहरुको कुनै साथी हो भने बार र हामी वकिलहरु नै हो । हामीले कैयौंपटक तपाईंहरुको पक्षमा लडेका छौं । त्यसकारणले बडो विचार पुर्‍याएर तपाईंहरुको कलमको दुरुपयोग नगर्नुहोस् । यसको वास्तविकता बुझ्नुहोस् ।

    जजहरुको पनि जज (न्यायाधीशहरुको पनि न्यायाधीश) बार हो । याचना गर्न आउनेहरुलाई अदालतबाट वास्तविक न्याय हुन्छ भन्ने पहिलो सम्पर्क व्यक्ति हामी हौं, वकिल हौं । हामीले उनीहरुलाई विश्वास दिलाउँछौं– न्यायाधीश इमान्दार छ, अदालत सक्षम छ, तपाईंले बाहिर आफैं झगडा गर्ने होइन । यहाँबाट इन्साफ दिलाउँछौं भनेर हामीले विश्वास दिलाएका हुन्छौं । त्यो विश्वास समाप्त भयो मित्रहरु । यो कुरा हामीले बडो दुःखका साथ भन्नुपरेको छ ।

    मेरो जीवनको करिब पाँच दशक पुग्न लाग्या छ । म ४५÷४६ वर्षमा दिनहुँ सर्वोच्च आउने र २८ जना प्रधानन्यायाधीशमध्ये २५ वटाको इजलासमा बहस गरेको मेरो अनुभव छ । त्यसको आधारमा भन्छु यस किसिमको दुर्दिन मैले मेरो प्रोफसनल लाइफमा कल्पना पनि गरेको थिइनँ । यो सुखद होइन कि बडो दुःखद् । सम्माननीयज्यूले यो पर्खालमा लेखिएको सन्देश, अझै पनि उहाँले ग्रेसफुल भन्नु भएको छ, बाँकीलाई ‘फुल’ (मुर्ख) बनाएर ग्रेसफुल हुँदैन ।

    केही मान्छेलाई मण्डलातिर लगाएर, केही मान्छेलाई बोल्न लगाएर प्रधानन्यायाधीश जस्तो मान्छेले टेलिभिजन अन्तर्वार्ता दिएर बचाउ गर्नुपर्ने भनेको बडो दुःखद् हो । म चाहन्थें गर्वका साथ मेरो प्रधानन्यायाधीशको म डिफेण्ड गरुँ तर त्यो अवसर उहाँले दिनुभएन । त्यसैले जतिसक्दो चाँडो यो दुरावस्थाबाट अदालतलाई मुक्त गर्नलाई म आफूले, मैले भन्या छु– सम्माननीय ज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।

    मेरा केही युवा कानून व्यवसायी मित्रहरुलाई पनि म भन्छु तपाईंहरुले संस्थाको, तपाईंहरुको महत्व भनेको बार एशोसिएसन हो । प्रोफेसनल एशोसिएसनको माध्यमबाट मात्रै वकिलको स्वतन्त्रता संरक्षित हुन्छ । भोलि तपाईंहरुले चलाउने हो । हामी त जान लाग्या हो । तपाईंले भोलि चलाउने संस्थाप्रति यस्तो अनादर हुने गरी कसैको बहकावमा लागेर या नबुझेर आफ्नै बार एशोसिएसनको र आफूभन्दा वरिष्ठ कानून व्यवसायी मित्रहरुलाई कण्डेम गर्ने खालको जुन काम गरिराख्नुभा’छ कृपया यसको वास्तविकता बुझ्नुस् । यस्तो किसिमको कामबाट तपाईंहरु अलग हुनुहोस् । सहयोग गर्नुस् । हाम्रो कुनै व्यक्तिगत स्वार्थ हाम्रो छैन । थोरै स्वार्थ हो, नेपालमा न्यायपालिका सुदृढ होस्, स्वच्छ न्याय होस्, शीघ्र न्याय होस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं