SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/८ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    पाँचथर। फिदिम नगरपालिका -४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

    उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

    फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११:३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं