SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/७ गते
    २७०५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ । पर्वतमा प्रहरी चलाएका कारवाहीमा यो कारवाही ऐतिहासि सफल भएको बताइएको हो ।

    जिल्लाका प्रतिष्ठीत ब्यक्तीहरु नै जुवा खेलिरहेको स्थानबाट ठुलो धनराशी सहित ८ जना जुवाडे पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा स्थानीय गोविन्द अधिकारीको घरमा जुवा खेलीरहेका ८ जना नगद रु. ९ लाख ५८ हजार ७ सय ४१ रुपैया सहित फक्राउ परेका हुन् ।

    प्रकाउ पर्नेहरुमा जिल्ला पर्बत फलेवास न.पा. वडा नं. ११ बस्ने बर्ष ५९ का जित बहादुर सुनार, कुश्मा नं. ५ बस्ने बर्ष ४८ का भोज कुमार श्रेष्ठ, कुश्मा न.पा वडा नं.६ बस्ने बर्ष ४१ का दिपेन्द्र बहादुर भण्डारी, कुश्मा न.पा. वडा नं. ११ बस्ने बर्ष ५० का बाबुराम पौडेल, कुश्मा न.पा वडा नं. ६ बस्ने बर्ष ४७ का हर्क मान गुरुङ, कुश्मा न.पा वडा नं. ९ जन्म स्थान भई हाल ऐ. वडा नं= ७ बस्ने बर्ष ५६ को गोबिन्द अधिकारी, र कुश्मा न.पा वडा नं.५ बस्ने बर्ष ५४ को मिन प्रसाद श्रेष्ठ रहेका छन् ।

    जुवा खालबाट प्रकाउ परेकाकामा दुई जना जनप्रतिनिधि समेत रहेका छन् । उनिहरुवाट चार बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो ।

    ठुलो धनराशी हारजीत हुनेगरी तास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले शुक्रवार साँझ पक्राउ गरेको हो ।

    उनिहरुलाई जिल्ला प्रशासन कार्यालयवाट म्याद थप गरी अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ । पर्वतमा दशै, तिहारको समयमा हरेक वर्ष धेरै जुवाडेहरु पक्राउ पर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं