SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/६ गते
    ५३४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवादसमेत दिए । यही कात्तिक १ देखि भारी वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ । क्षतिको विवरण आउन अझै बाँकी छ ।

    अर्काे प्रशंगमा अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी गरे । उनले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास व्यक्त गरे । अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं