SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/६ गते
    ४६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारी कारबाहीमा पर्ने भएका छन् । भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एक दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएपछि छानविनका लागि गठित समितिले तीन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा बनेको छानविन समितिले काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक नानीकाजी थापासहित एक/एक जना असई र हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सिंह नेतृत्वको समितिले मुद्दा कमजोर बनाउने उनीहरुको नियत नभएपनि लापरबाही भएको निष्कर्ष निकालेको छ ।

    साथै, आगामी दिनमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा राख्न पनि सुझाएको छ । काठमाडौं प्रहरी परिसरमा मुद्दाको चाप बढी हुने हुँदा पनि अनुसन्धान अधिकृतले सबै कुरामा ध्यान दिन नपाएको छानविन समितिको निष्कर्ष छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ पुस २०७७ मा भारतबाट बुढाथोकीलाई पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनले रावलको अपहरणमा संलग्नता स्वीकारेका थिए । सरकारी वकिलसमक्ष पनि उनले संलग्नता स्वीकारेका थिए । तर अदालतमा उनले इन्कारी बयान दिए ।

    अनुसन्धान अधिकृतले उनी नेपाली नागरिक भएको प्रमाणित गर्ने आधार बुझाएका थिएनन् । त्यसैमा टेकेर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले बुढाथोकीलाई सफाइ दिने विवादास्पद फैसला गरेका थिए । आदेशविरुद्ध सरकारी वकिलले पुनरावेदन गर्ने तयारी गरेको छ । कुमार बुढाथाेकी । फाइल फोटो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं