SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/५ गते
    ५७५ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्।

    बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए।

    ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए ।एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए।

    ‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने।अर्ली इलेक्सन बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताएका छन्।साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन्।

    प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए। तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो।सेतोपाटी बाट ,

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं