SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/४ गते
    ३५० &#२३४६;&#२३३५;&#२३२५;

     

    अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् ।

    वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता  एस.एस.पी बसन्त कुँवरले बताए ।

    बुधवार जुम्लाको हिमा गाउँपालिका–६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान–११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका–२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।

    ईंटहरी उपमहानगर–५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् । रातोपाटी बाट।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं