SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१५ गते
    ३५१ &#२३४६;&#२३३५;&#२३२५;

    न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

    निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

    आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ।सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानीयलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं