SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१३ गते
    ३१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

    माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो । प्रधानमन्त्री देउवाले सम्भवतः बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं