
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालय दमौलीले जानकारी दिएको छ ।
छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नं को मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरी अस्पताल ल्याइएको र चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।