SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१२ गते
    ८३१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। विद्यार्थीहरु बिरामी पर्न थालेपछि पर्वतको कुश्मा नगरपालिका वडा नं ११ पकुवाको सिल्सीमा रहेका दुईवटा विद्यालय बन्द गरिएको छ ।
    स्थानीय विश्वज्योती प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा आधारभुत विद्यालय बन्द गरिएको हो ।विगत एक सातादेखि विद्यार्थीहरुमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि बिद्यालय बन्द गरिएको विश्वज्योती प्राविधिक तथा व्यावसायिक माविका प्र.अ गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । शुरुमा कक्षा ७ का विद्यार्थीहरु बिरामी परेका थिए । त्यसको एक सातापछि शनिवारदेखि अन्य कक्षाका बिद्यार्थीहरु समेत बिरामी परेपछि अनिश्चित कालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले जानकारी दिनुभयो ।

    पकुवाको साविक वडा नं। ३ रानीस्वाँर क्षेत्रका अधिकांस विद्यार्थी बिरामी परेका हुन् । बालबालिका तथा विद्यार्थीहरु बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । शुरुमा बिरामी परेका विद्यार्थीहरु एक सातासम्म पनि निको भईनसकेको र अन्य विद्यार्थीहरु पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीहरुमा संक्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको उहाँको भनाई रहेको छ ।
    अहिले झण्डै ६० जना विद्यार्थी बिरामी परेका छन् । उनिहरु सवैको पिसिआर परिक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भैरहेको छ । वडा अध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीहरुको पिसिआर वा एन्टीजेन परिक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाईएको बताउनुभयो ।
    भाईरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीहरुलाई भनिएको छ । उनिहरुले स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरेर औषधी सेवन गरिरहेको प्र.अ तिमिल्सिनाले जानकारी दिनुभयो ।
    पर्वतमा यसै सातादेखि विद्यालयहरुको भौतिक उपस्थितिमा पढाई गरिएको हो । असोज १ गतेदेखि विद्यालयहरु खुलेका हुन् । विद्यालय खुलेको केहि दिनमै बिरामी परेपछि पढाई प्रभावित बनेको प्रद्यानाध्यापक तिमिल्सिनाले जानकारी दिनुभयो ।साभार.गण्डकी संचार

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं