SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/३० गते
    ७२७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध राजनैतिक पार्टीहरु आन्दोलनमा होमिएका छन् ।

    यस्तैमा पर्वतमा कृयाशिल ३ राजनैतिक पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी) माओवादी, र नेकपा माले पर्वतले आज एक बिज्ञप्ती निकाली गम्भिर आपत्ती रहेको बताएका छन् ।

    आज कुश्मा एक बिज्ञप्ती प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी) माओवादी, र नेकपा माले पर्वतले देशलाई दलाली करण गर्ने कुनै पनि परियोजनाको बिरुद्धमा आफुहरु आन्दोलनमा होमिने बताएका छन् ।

    हेरौं यस्तो छ पुरै बिज्ञप्ती जस्ताको तस्तै

    प्रेस बक्तब्य
    आदणीय पर्वत जिल्लावासी दाजुभाई तथा दिदिवहिनीहरु                                                             २०७८ भाद्र ३०
    अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) सम्झौता संददबाट जसरी पनि पास गर्न खोजिदैछ । यसको बिरुद क्रान्तिकारी, बामपन्थी, देशभक्त, बुद्धिजिवी, शिक्षक, कर्मचारी पत्रकार लगायत देशैभरका राष्टबादी शक्तीहरु एकजुट हुनुपर्ने बेला आएको छ ।

    अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अमेरीकाकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र उनले गरेका राजनैतिक भेटघाटहरुले नेपालको संसदिय राजनिति र त्यसका दलालहरु कुन हदसम्म दलाली गर्न सक्छन भन्ने कुरा आम नेपाली जनताले देखिसकेका छन् ।

    यस्तो अबस्थामा देशभित्रको कालोबजारी, दलाली, तथा अर्बौ अरवका भष्टचारहरु रोक्नुको साटो ५० अरव अर्थात केहि पैसाको लागि बिदेशीहरुको दलाली गर्ने प्रबृतीको बिरुद्ध अब आम नेपाली नागरीक एकढिक्क्का भएर प्रतिवाद गर्नुपर्ने अबस्था श्रृजना भएको छ ।

    नेपाल भित्रका अर्बौ अरबका भष्टाचारहरुलाई रोक्न सके र राज्यलाई दोहन गरेर केहि नेताहरुलाई दलाल जस्तै बनाएका, एनसेल, ओम्नी, वाईडबढी, बिभिन्न जलबिद्युत आयोजना जस्ताहरुबाट राज्यले कर मात्रै उठाउने हो भने पनि अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) को भन्दा कयौगुण रकम जम्मा हुन्छ । यसमा ध्यान नदिएर जसरी नेताहरु अमेरीकाको पछि दौडिएका छन् यसले हाम्रो गम्भिर ध्यान अर्काषण गराएको छ ।

    यस्तै पर्वत जिल्लामा पनि राजनैतिक नेतृत्वको दलालीकरण, कालोबजारी, भष्टाचार, तथा जिल्लाको प्रसासनिक संयन्त्रलाई नै प्रलोभनमा पारेर अदालतको आदेशको समेत वास्ता नगरी भैरहेको कालिगण्डकी दोहन जस्ता बिषयले गम्भिर चिन्ता गराएको छ र यसलाई तत्काल रोक्न चेतावनी दिन चाहान्छौं । साथै यस बिषय हामी तपसिलका राजनैतिक शक्तीहरु आम जनमसुदाय, पत्रकार तथा बुद्धीजिवीहरु संम्बधित सबैमा गम्भिर ध्यान आर्कषण गराउन चाहान्छौं । अत् हामीहरु निरन्तर आन्दोलनमा रहेको जानकारी पनि गराउँदछौं ।

    रिजन जिल्ला सेक्रेटरी नेकपा, पर्वत

    तेजेन्द्र पौडेल जिल्ला इन्चार्ज, नेकपा (क्रान्तिकारी) माओवादी, पर्वत

    यम बहादुर बिश्वकर्मा, जिल्ला सचिव, नेकपा माल,े पर्वत

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं