SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/१ गते
    २६५ &#२३४६;&#२३३५;&#२३२५;

    संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ ।

    सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन् । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने ।

    छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन् । पार्टी विभाजन गर्ने गरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन् ।

    उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजनविरुद्ध उभिन अपिल गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

    साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन् । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन् । उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन् । ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आ-आफ्नो तहमा दबाब दिने गरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    आइशा गर्ल्स कालेजमा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री वितरण

    कपिलवस्तु, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा...

    प्रधानन्यायाधीशको राजीनाको विपक्षमा एमाले

    नेकपा एमाले एकाएक युटर्न भएको छ । सिंगो न्यायालयको धज्जी उडाउन मेनरोल खेलेको आरोप खेपेका...

    मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक छलफल कार्यक्रम कृष्णनगरमा सम्पन्न 

    कृष्णनगर, कपिलवस्तु, | मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल एकदिने कार्यक्रम...

    नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

    काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको...

    पाँचथर बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु !

    पाँचथर। फिदिम नगरपालिका -४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं