SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१५ गते
    ४८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने उनको धारणा छ ।शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । उनले अघि भने, ‘अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेका काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उनले अघि भने, ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ।’

    दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताए । ‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकतम लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ’ उनले भनेका छन् ।

    दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए । ‘पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो, जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको पद्धतिभन्दा फरक ढंगले हुन सक्दैन’ पोखरेलले भनेका छन्, ‘पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यस बेलाको विद्यमान विधान र नियमावलीले के भन्छ ? त्यसले अनुमति दिने, स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं