SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२८ गते
    ५६२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले माधव नेपाल समूहसँग चाहेर पनि सभापति शेरबहादुर देउवाले सहकार्य अगाडि बढाउन नसक्ने बताएका छन् ।

    उनले बाहिर प्रचार गरिएजस्तो गरी देउवाले माधव नेपाललाई सांसदको सीट संख्या दिन नसक्ने पनि स्पष्ट पारेका छन् ।

    ‘देउवाले चाहँदा बढीमा पाँच सीटसम्म दिन सक्नुहोला । अरु कसले मान्छ ? देउवाले दिँदैमा नेपाली कांग्रेसका नेताले आफ्नो सीट छाड्छन् ?,’ एक टेलिभिजन कार्यक्रममा नेता गिरिले भने ।

    देउवा प्रचण्ड र माधव नेपालसहितको गठबन्धन प्रधानमन्त्री केपी ओलीलाई अपदस्थ गर्नसम्म काम लाग्ने र त्यसपछि आ–आफ्नो बाटो लाग्ने उनको भनाइ छ ।

    नेपालमा गठबन्धन संस्कृति नै नभएकाले लामो समय गठवन्धन नजाने उनको तर्क थियो ।

    ‘अहिले बनेको विपक्षी गठबन्धनको न कुनै कार्यक्रम छ न कुनै सार्वजनिक प्रतिवद्धता,’ नेता गिरिले भने, ‘यस्तो अवस्थामा कसरी गठबन्धन लामो समय टिक्छ ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं