SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१० गते
    ७६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।

    खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् ।

    ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने÷नआउने अन्योल छ ।

    यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए । मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन् ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप निकट भविष्यमा आउनेछ । सबै प्रक्रिया अघि बढेको छ ।’ चीनले नेपाललाई ४० लाख मात्रा भेरोसिल खोप चरणबद्ध रूपमा उपलब्ध गराउने बाचा दिएको छ ।

    कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने ? अन्योलता छाउँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।

    १३ लाख ५० हजार नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएपनि १५ जेठभित्रै दोस्रो मात्रा लगाउनुपर्ने थियो । भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा उपलब्ध नगराउँदा ज्येष्ठ नागरिक दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । खोप विज्ञ डा.श्यामराज उप्रेतीले खोप जहिले आएपनि पहिलोमात्रा लगाएकालाई दोस्रोमात्राका रूपमा गणना हुने बताए । राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं