SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१० गते
    ५१७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर कोरोना विशेष अस्पताल बनाएको थियो ।

    अस्पतालमा २ महिनाअघि नै सामान आएर पनि चलाउन नसक्दा थन्किएको थियो । ‘अस्पतालका लागि २ महिनाअघि नै सामान आए पनि जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको थियो,’ संक्रामक रोग अस्पतालका कार्यकारी निर्देशक डा. गौचनले भने, ‘स्टाफ नर्स थपियो, अन्य विषेशज्ञ पनि थपिँदै छन् । भइरहेका चिकित्सकले पनि हेर्ने गरी ७ बेड सोमबारदेखि चलाउन सुरु गरेका छौं ।’ पछिल्लो समय १६ जना स्टाफ नर्स र केही सहयोगी भर्ना गरेपछि सेवा सुरु गरिएको उनको भनाइ छ । अझै पनि विशेषज्ञ चिकित्सकको अभाव रहेको उनको भनाइ छ ।अहिले अस्पतालमा ५ विशेषज्ञ, ५ मेडिकल अधिकृतसहित ६० जनाको स्वास्थ्यकर्मीको टोली रहेको गौचनले जानकारी दिए ।

    अझै कम्तीमा ५ जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने उनको भनाइ छ । ऐनेस्थेसिया, फिजिसियन, वायोमेडिकल टेक्निसियनको आवश्यक रहेको गौचनले बताए । अहिले अस्पतालले ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा १५ जना गम्भीर अवस्थाका बिरामी रहेको डा. गौचनले बताए ।

    भवन शिलान्यास

    अस्पतालमा सोमबार एक भवनको पनि मुख्यमन्त्री गुरुङले शिलान्यास गरे । यो भवन बनेपछि अस्पतालमा बेड संख्या १२० पुग्ने र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालन हुनेछ । ५३ करोड रुपैयाँ लागत रहेको सो भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । भवन तयार भएपछि संक्रामक रोगको परीक्षण र उपचार सहज हुने कार्यकारी निर्देशक डा. गौचनले जानकारी दिए । ‘संघीय सरकारको २६ करोड र बाँकी प्रदेश सरकारले हालेर ५३ करोड रुपैयाँमा नयाँ भवन बन्न लागेको हो,’ डा. गौचनले भने, ‘३ वर्षभित्र सबै सक्ने योजना छ ।’ नयाँ भवनमा २ हप्ताअघि टेन्डर आह्वान भएको छ । नयाँ भवन बनेसँगै क्याबिन, जनरल, आईसीयूसहितका सेवा सुरु हुने अस्पतालले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं