SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२३ गते
    ७२५ &#२३४६;&#२३३५;&#२३२५;

    धनगढी, । सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको पाइएको छ ।

    सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुकाएरै राखेको अनुमान गरिएको छ । ‘खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई भनेका छौं,’ वाणिज्य कार्यालयका प्रमुख कमल पुनले भने ।

    बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ?’ उनले भने, ‘क्षेत्रीय मेडिकल स्टोर, सेती प्रादेशिक अस्पताल र पहाडी जिल्लाका सरकारी अस्पतालमा विगतदेखि नै मैले मागअनुसारको अक्सिजन उपलब्ध गराउँदै आएको छु ।’

    डडेलधुरास्थित अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझाले मंगलबार बस्नेतसँग अक्सिजन सिलिन्डर खरिद गर्न खोज्दा प्रतिसिलिन्डर ४० हजार पर्ने बताएको सुनाए । ‘डडेलधुराका पाँचवटा पालिकाले २०/२० वटा सिलिन्डर खरिद गर्ने सल्लाह गरेर बस्नेतसँग कुरा गरेका थियौं,’ ओझाले भने, ‘बस्नेतले हामीसँग ४० हजारका दरले चाहिएजति सिलिन्डर उपलब्ध गराउन सक्ने बताएका थिए ।’

    व्यवसायीका अनुसार नयाँ किन्नुपरे प्रतिसिलिन्डर सरदर १५ हजार रुपैयाँ पर्छ । ग्यास मात्रै भरेको ८ सय रुपैयाँदेखि एक हजारसम्म पर्ने गरेको छ । बस्नेत भने अहिलेको अवस्थामा रेटको कुनै कुरै नहुने बताउँछन् । ‘अहिलेको अवस्थामा प्रतिसिलिन्डरको दर सोध्दै नसोध्नुस्, जतिमा पनि बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘हिजै मात्र मैले जीआईजेडलाई ९० वटा सिलिन्डर बिक्री गरें ।’

    बस्नेतले आफू व्यापारी भएकाले खरिद–बिक्री गर्ने अधिकार रहेको बताए । ‘यहाँबाट भारततर्फ पनि बिक्री भइरहेको छ,’ उनले भने, ‘मैले भारत पठाएको छैन । यसबीचमा ८५ वटा त सेती अस्पताललाई दिएको छु ।’ काठमाडौं, जनकपुरलगायत जहाँ पायो त्यहीँबाट मोलमोलाइ गरेर सिलिन्डर धनगढी ल्याउने गरेको बस्नेतको भनाइ छ ।

    अमित मेडिसिन डिस्ट्रिब्युटर्सका बस्नेतविरुद्ध नक्कली करचुक्ता कागजात पेस गरेर ठेक्का पारेको अभियोगमा २०७६ मंसिरमा अदालतमा मुद्दा चलेको थियो । उनले २०७४ माघ १० गते आन्तरिक राजस्व कार्यालयबाट जारी भएको करचुक्ताको किर्ते प्रमाणपत्र पेस गरेर २०७६ मा गेटा आँखा अस्पतालमा ४ करोड रुपैयाँभन्दा बढीको औषधि आपूर्तिको ठेक्का लिएको आरोप थियो । अर्जुन शाहले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आबश्यकताको आधारमा संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

    काठमाडौं,  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं