SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२६ गते
    १५७५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागी भएको भिडन्तमा टाईगर ग्रुप, पोखराले बाजी मारेको छ । टाईगर ग्रुप, पोखराले जिल्ला भलिबल संघ, पर्बत  लाई लगातार सोझो ३-० को सेट मा पराजित गरेको थियो । कुश्मा बजारको बढागाँउ चौरमा भएको रोचक भिडन्त मा बिजेता टाईगर ग्रुप, पोखराले पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो भने उपविजेता जिल्ला भलिबल संघ, पर्बतले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) मा चित्त बुझायो । तेस्रो यस अगी नै खानीगाउँ (ए) भएको थियो भने विनामारे फेन्सी स्टोर्स सान्तवना भएको थियो ।

    फाईनल खेलको पहिलो सेट २५-१९ दोश्रो सेट २५-१५ र अन्तिम सेट २५-१२ ले जिल्ला भलिबल संघ, पर्बत  लाई टाईगर ग्रुप, पोखराले जितेको थियो । फाईनल खेल फस्ट रेफ्री ए.भी.सी. अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिह थापामगर सकेन्ड रेफ्री नेसनल भलिबल रेफ्री बिमल रानामगर हुनुहुन्थियो भने स्कोरमा नेसनल भलिबल रेफ्री गोपाल थापा, बसन्त आले र अमित आले हुनुहुन्थियो ।

    १० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमले सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) र दोश्रो हुने टिम ले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र)  तेस्रो र सान्त्वना कमश र ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र र २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गरे  ।

    साथै प्रतियोगिता भरि भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुषाल , समिर जोशी र उप-संयोजक जित तिलिजाले गर्नु भएको कुरा  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो

    भलिबल फाईनल खेलका केहि तस्बीरहरु:-

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं