SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/८ गते
    १४५४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । हरेक समय जनताको गित गाउने बिष्णु खत्री जव बजारमा आफ्ना श्रृजना लिएर आउछन् ति श्रृजनाहरुको दर्शक श्रोतालाई सदैभर पखाई हुन्छ । उनी आफ्ना श्रृजनाहरुमा यसरी खेल्छन् त्यो श्रृजना जनताको मन मतिष्कमा पुगिहाल्छ ।। यस्तै भयो यसपाली पनि ‘अँधेरीमा उज्यालो टुकी’ ।

    झट्ट सुन्दा नेपालमा टुकी युग लगभग समाप्त भएको छ । तर गित मार्फत टुकीमा खत्रीले आफ्ना शब्दहरुलाई माया प्रेममा यसरी मोडेका छन् कि गितले पुराना दिनहरु सम्झाईहाल्छ । नयाँ पुस्तालाई नेपालमा कुनै समय यस्ता दिन पनि थिए है भन्ने कुरा कल्पनामा पार्न सक्छ ।।

    मनले सधै गाउन खोज्छ पिरतीको भाका
    कान बोली सुनम भन्छ, देखम भन्छ आखाँ
    अधेरीमा उज्यालो टुकी
    तिमी मेरी मुटु कि ढुकढुकी
    जस्ता शब्दहरुले माया प्रेमको कहानीलाई यसरी टिपेको छ कि जसले गित हेर्दा सोहि स्थानमा आफुलाई देख्छ । यो सर्जकको लागि निकै सफलताको कुरा हो ।

    हुनत् हरेक श्रृजना आफै गर्ने र आफ्नै आवाज तथा शब्दहरुमा काम गर्ने गायक हुन खत्री यसपाली पनि उनले यस्तै गरेका छन् तर आवाजमा उनलाई मिना लामाले साथ दिएकी छन् । गीतको एरेञ्जर कृष्ण भान्जाले गरेका छन् । गीतको भिडियोमा मोडल रुबिना अधिकारी र लोमश शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।

    दुर्गा पौडेलको छायाँकन रहेको भिडिओको नबिन घर्ति मगरको सम्पादन रहेको छ । रिलिज भएको केही छण्टामै गीतले हजारौँ भ्यूज बटुल्न सफल भएको छ । गीतको भिडियो गायक खत्रीले आफ्नै युट्युव च्यानल विष्णु खत्रीबाटै सार्वजनिक गरेका छन् । गीत बिहिबार साँझ रिलिज भएको हो । सुचनाकेन्द्र डटकमको तर्फबाट गितको सबै टिमलाई हार्दिक शुभकामना ।। हेर्नुहाेस् भिडियाे

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं