SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
    ४५३२ &#२३४६;&#२३३५;&#२३२५;

    आदरणीय शिक्षामन्त्री ज्यु एवम् CTEVT उपाध्यक्ष ज्यु नमस्कार। यति बेला म जस्ता CTEVT तर्फका लाखै विद्यार्थीहरु आश्चर्य चकित छौ। म नेपालको एक दुर्गम जिल्ला बाजुराको मार्तडी बाट स्वास्थ जस्तो संवेदनशिल विषय अध्ययनपछि आफ्नै गाउँ क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने हेतुले शहर पढ्न पसेको मान्छे। बिगत १ बर्ष अगाडि गाउँ बाट लगाएको एकसरो कपडा र केही थान ओढ्ने ओछ्याउने बोकेर बुटवल झरेको थिएँ। बुटवलमा आएर कलेज भर्ना पनि भएँ तर कलेज भर्ना भएको जम्मा ३ महिना बित्दा नबित्दै संसार भर फैलिएको कोभिड १९को प्रभाव नेपालमा पनि देखियो र फलस्वरुप लकडाउ सुरु भयो, बिद्यालय कलेज क्याम्पस ट्युसन सेन्टर सबै बन्द भयो।

    मन्त्री एवम् उपाध्यक्ष ज्यु केही समय त हामी सबै अन्योलमा थियौ र रात दिन समाचार हेर्दै गर्‍यौ। तर लकडाउन थपिदै गयो। पढाईको चिन्ता भन्दा भाडा र रासन पानीको चिन्ता बढ्न थाल्यो। म साथिको कोठामा शरण लिन पुगे। दिन र छाक त जसो तसो टारेकै थियौँ तर मलाइ पेटको भोक भन्दा त्यो पढाइको भोक बढी थियो।लकडाउन र बढ्दो महङ्गीले गर्दा जसो तसो गाँउका दाइहरुको सम्पर्कमा आएर म घर (बाजुरा) फर्किएँ।

    समय बित्दै गयो लकडाउन सकिएको पनि लामो समय पछि मात्र CTEVT ले अन्लाईन कक्षा पढाउन उर्दि जारी गर्यो रे भन्ने सुने। मेरो गाउँमा मोबाइलको टावर त राम्रो संग टिप्दैन अन्लाईनका त कुरै गर्नु परेन।अल्लि समय पछि शहर फर्किएँ। सबै कोर्स अन्लाइन पढाइ भयो अब कलेजमा पढाइ हुँदैन वार्षिक परिक्षाको तयारी गर्नु भन्ने सूचना कलेजले दियो।

    म जस्ता दुर्गमका कुना कन्दराहरु बाट प्राबिधिक शिक्षा लिन आएका साथीहरू थुप्रै गाउँ फर्केका थिए। फर्केर आउदा सिधै परिक्षाहुने कुरोले मलाइ अचम्म लाग्यो, दु:ख लाग्यो कता कता रिस पनि उठ्यो तर CTEVT को सुचना पर्खिएको थिएँ। अन्ततः CTEVT बाट पनि बार्षिक परिक्षा फारम खुल्यो। म त छक्क परे अनि पिडा पनि भो। खाए खा नखाए घिच भने झैँ भो। मन्त्री एवम् उपाध्यक्ष ज्यु कलेज भर्ना भएर ३ महिना पढाई नहुदै कोभिड १९ त्यसपछि लकडाउन जस्को कारण अभ्यासमा आधारित शिक्षा अन्लाईन बाट लिनुपर्ने त्यस्मा मेरो अस्वथाको बारेमा खोइ कोस्ले सोच्यो?

    CTEVT ले परिक्षा फारम पनि खुलायो, पछि कलेज पनि खुल्यो, खुल्दाको दिन प्रि- फाइनल भनेर सूचना पनि टाँस भयो। जबर्जस्ति प्रि- फाइनल परिक्षा दिइयो। CTEVT ले फाइनलको रुटिन निस्कासन पनि गर्यो र अहिले आएर अन्यत्र सेन्टर तोकिएको छ।अब फाइनल दिने दिन नजिकिदै छ । मन्त्री एवम् उपाध्यक्ष ज्यु यस्तो अवस्थामा विद्यार्थीको मनोदसा, भावनात्मक बिचार आदिको त कुरै छोडौ; पाठ्यभार; आन्तरिक मुल्यांकन, सहजता, घरेलु परिक्षा केन्द्र सबै कुरालाई बेवास्ता गरेर किन एका एक परिक्षालाई पुरानै ढाचामा लिने निर्णय गरियो??

    बर्ष भरिको पाठ्यक्रम सकेका कक्षाकरु जस्तै SEE को आन्तरिक मुल्यांकन हुदै गर्दा,11 को कलेजले नै परिक्षा लिने र उत्तर पुस्तिका पनि कलेजमै जाँच्दै गर्दा, 12 को अंक भार कम गर्दै गर्दा, आंशिक आन्तरिक मुल्यांकन हुँदै गर्दा , हामी राम्रो संग पाठ्यक्रम नसकेका प्राबिधिक विद्यार्थीलाई लाई जबर्जस्ति नोट थमाएको भरमा पुरानै ढाँचामा परिक्षा लिइ गुणस्तरीय नतिजाको आस गर्नु के लाभदायक र न्यायोचित होला ? शिक्षा मन्त्री एवम् उपाध्यक्ष ज्यु अझै पनि सुधार गर्न मिल्ने समय छ,ठाउँ छ। पाठ्यभार र अंक भार घटाएर घरेलुु परिक्षा केन्द्र बनाइदिए विद्यार्थीलाई केही सजिलो बाटो बनाइदिएमा समय सापेक्ष न्याय हुने थियो कि??
    दान बहादुर मलाल, मार्तडी; बाजुरा HA 1st year, LITS college Butwal

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं