SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१७ गते
    २४४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा,। भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महा शाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियमलाई सम्शोधन गर्न आफू तयार रहेको बताएका छन् । लाखौ नागरिक जोडिएको सहकारीको उज्ज्वल भविष्य निर्माणमा आफू क्रियाशील भएर लाग्ने बताएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था रानीपौवा पोखरा ११ को ११ औं स्थापना दिवस तथा७औं खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख ढकालले हरेक क्षेत्रमा सरकारले दिएको निर्देशन पालना गर्न सुझाए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नियामक निकायबाट चल्न सयपत्री सहकारीलाई अनुरोध गर्दै सामाजिकउत्तर दायित्वमा अग्रणी भूमिका खेलेकोमा खुसीव्यक्त गरे । प्रदेश मन्त्रालयले सहकारीमा जनअपेक्षा अनुरुप सहकारीलाई व्यवस्थित र परिमार्जित गर्दै लगिने बताए । सहकारीका कार्यवाहक अध्यक्ष भीमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीले रगत अभावलाई सयपत्रीले पूर्णता दिएको बताए । कार्कीले स्थानीय तहले गर्न मिल्ने र गर्न सक्ने सबै कार्य गर्न वडा तयार रहेको बताए । सहकारीका सल्लाहकार माधव प्रसाद बास्तोला ‘मधु’ ले सयपत्री सहकारीले आर्थिक लाभ मात्र नहेरी आमनागरिकको सेवामा लागेको बताए। रक्तदान कार्यक्रममा कावा अध्यक्ष न्यौपानले सयपत्री सहकारी चुस्त, दुरुस्त र पूर्ण नियमा चलेको बताए।

    काहुँ देउराली सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरेले सयपत्री सहकारीले छोटो अवधिमा निक्कै राम्रो फड्को मारेको बताए । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले स्वस्थ मानिसले १७वर्षदेखि ६० वर्ष उमेरसम्म रक्तदान गर्न सक्ने बताए । उनले उमेर पुगेका छोराछोरीलाई अभिभावकले रक्तदान गर्न प्रेरणा दिन सके भविष्यमारगतकोकुनै अभावनहुने बताए । सयपत्री सहकारीका सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेफ्स्कुन पोखरा शाखाका प्रमुख ऋषवराज रेग्मीले सयपत्री सहकारी आर्थिक बृद्धिमा अब्बल रहेको बताए ।

    कार्यक्रममा स्वागतगर्दै कार्यक्रम संयोजकव सन्तराज कोइरालाले सेयर सदस्यका हितमा रहेको सहकारीमा आवद्ध सबैले आर्थिक कारोबार गर्न अनुरोध गरे । सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले १२ करोड ३९ लाख ४६ हजार ५ सय सेयर पुँजी रहेको सयपत्रीमा १ अर्ब ७ करोड ६६ लाख ६१ हजार निक्षेप रहेको बताए ।

    उनले १७ करोड ३२ लाख तरलतापुँजी रहेको बताउँदै १ अर्ब १२ करोड ३७ लाख कर्जा लगानी रहेको बताए । उनले ८ करोड ९ लाख १८ हजार जगेडा तथा अन्य कोष रहेको जानकारी दिँदै यस आर्थिक वर्षमा ५ करोड २७लाख ९९ हजार खुदमुनाफा रहेको बताए । कार्यक्रममा सहकारीको ७ सिद्धान्त शिक्षा उपसमिति सदस्य प्रमिला श्रेष्ठले बाचन गरेको सहकारीका व्यवस्थापक विकास सुवेदीले जानकारी दिए । व्यवस्थापक सुवेदीले सहकारी मैत्री सेयर सदस्य रहेकाले सयपत्री सहकारीले आर्थिक फड्को मारिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं