SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/३० गते
    २५५४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन काटेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विगत एक वर्षदेखि समितिले विद्युतको रकम भुक्तानी नगरेका कारण लाईन कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ । समयमा रकम भुक्तानी नहुँदा प्राधिकरण कुस्मामा ७ लाख ५० हजार बढि रकम तिर्नुपर्ने भएपछि लाईन कटौती गरिएको प्राधिकरण कुस्मा वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताउनुभयो । ‘समयमा महशुल नतिर्दा लाईन काटिएको हो’ चौधरीले भन्नुभयो–‘धेरै पटक ताकेता गर्दापनि महशुल भुक्तानी नभएपछि लाईन काट्न बाध्य भएका हौं ।’

    समितिले मासिक रुपमा उपभोक्तासँग महशुल वापतको रकम उठाउने गरेको भएपनि प्राधिकरणमा लगेर नतिर्ने गरेको पाईएको छ । यसले गर्दा उपभोक्ताबाट लिएको रकम समेत दुरुपयोग भएको साथै समयमा बिल नतिर्दा अनावश्यक जरिवाना र हर्जना समेत लाग्ने गरेको छ ।

    समितिले गरेको लापरवाहीका कारण उपभोक्ताहरु मासिक रुपमा बिल भुक्तानी गरेर पनि अन्धकारमा बस्नु परेको गुनासो गर्छन् । ‘हामीले ऋण खोजेर मासिक रकम तिर्छौं’ स्थानीय गणेश पौडेलले भन्नुभयो– ‘सतितिले लापरवाही गर्छ यसको मार पनि उपभोक्ताले नै खेप्छौं ।’
    सामुदायिक विद्युतीकरण समितिहरुलाई नेपाल विद्युत प्राधिकरणले महशुलमा छुट समेत दिन्छ । प्राधिकरणले समितिलाई दिएको छुट रकमबाट मर्मत संभार तथा व्यवस्थापन गर्नुपर्ने भएपनि ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिले प्रत्येक वर्ष १ देखि ३ लाखसम्म घाटा भएको देखाउँदै आएको छ । यता उपभोक्ता समितिले भने समितिको कमजोरी भएको स्वीकार गरेको छ ।

    समयमा विद्युत महशुल नतिरेका कारण गत वर्ष पनि प्राधिकरणले विद्युत लाईन काटेको थियो । समितिको वेवास्ता र लापरवाहीका कारण सँधै समस्या आउने गरेकाले उपभोक्ताहरु नयाँ समिति गठनको माग गरेका छन् । समितिले निर्माण अवधिदेखि हालसम्म आय व्यय सार्वजनिक गर्न नसक्दा झनै समस्या भएको छ । समितिमा प्रत्येक महिना २० देखि ५० हजारसम्म आम्दानी हुने गरेको भएपनि सँधै घाटामा जाँदा उपभोक्ताहरु आर्थिक अनियमितता गरेको आरोप लगाउँछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं