SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/३ गते
    २४७१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे ।खुट्टामा सुन नलगाउनुहोस्ः खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ ।

    घरको यो दिशामा राख्नुहोस् सुनः केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् ।यसरी राख्नुहोस् सुनः सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ ।गर्भवतीले नलगाउनुस् सुनः गर्भवती र वृद्धाले सुन धारण गर्नबाट बच्नुहोस् । थोरै लगाउन सक्नुहुन्छ तर धेरै लगाउनुहुन्छ भने समस्या सुरु हुनसक्छ ।

    यदि सन्तान चाहिएः सन्तान भइरहेको छैन भने देब्रे हातको साँहिली औंला ९रिंग फिंगर० मा सुन लगाउनुहोस् । सुनले बिस्तारै आफ्नो असर देखाउँछ र सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ ।सुन दानः ज्योतिष अनुसार यो धातुको कारक वृहस्पती भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण, पुजारी वा गुरुलाई गर्नुहोस् । कुनै पनि अपरिचित वा अप्रिय व्यक्तिबाट सुन नलिनुहोस् ।सुन भेट्टाउनु र हराउनुः सुन भेट्टाउनु वा हराउनु पनि अशुभ मानिन्छ । सुनको वस्तु हराउँदा झगडा वा रोग लाग्ने गर्दछ । भेट्टाएको सुन घरमा राख्दा खर्च बढ्नेछ ।

    दाम्पत्य जीवन खुसी बनाउनका लागिः दाम्पत्य जीवनलाई खुसी बनाउनका लागि घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् ।जो फलामको काम गर्छन्ः जसले फलाम, कोइला वा शनि सम्बन्धि धातुको व्यापार गर्दछन्, उनीहरुले सुन लगाउनु हुँदैन । यसले व्यापार नोक्सान हुन्छ । सुन लगाउन आवश्यक छ भने आफ्नो कुण्डली अनुसार ज्योतिषीसँग सल्लाह लिएर लगाउनुहोस् ।

    सुन र स्वास्थ्यः सुनले ऊर्जा र गर्मी दुबै पैदा गर्दछ । यदि रुघा–खोकी वा साससम्बधि रोग छ भने कान्छी औंलामा सुन धारण गर्नुहोस् । सुनको पानी पिउँदा इम्युनिटी पावर बढ्छ ।कम्मरमा सुन नलगाउनुहोस्ः कम्मरमा सुन लगाउनु हुँदैन किनभने यसले तपाईंको पाचन तन्त्र खराब हुनसक्छ । साथै पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

    स्वास्थ्यका दृष्टिकोणले यस्ता व्यक्तिले सुन नलगाउनुहोस्ः जसलाई पेट वा मोटोपनाको समस्या छ उनीहरुले सुन लगाउनु हुँदैन । जसलाई अत्यधिक रिस उठ्छ, त्यस्ता मानिसहरुले पनि सुन लगाउनु हुँदैन । कहिले पनि हुँदैन अपवित्रः सुन कहिले पनि अपवित्र हुँदैन । श्मसान, सूतक वा कुनै प्रकारले अपवित्र भएका व्यक्ति सुन लगाउँदा वा सुन पानी आफूमाथि छर्कंदा पवित्र हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं