SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/६ गते
    २२८८ &#२३४६;&#२३३५;&#२३२५;

    सन् २०१४ मा स्थापित भइ “हामी जाहाँ रहे पनि नेपाल, नेपालि र नेपाली समुदायको हितमा आफुले सक्ने सहयोग योगदान दिनुपर्छ” भन्ने मान्यताका साथ बिगत पाँच बर्षदेखि समुदायमा सकृय समाजिक एबं परोपकारी संस्था  नेपाली युथ फोरम अस्ट्रेलियाको (नाइफा) को दोश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।उक्त अधिवेशनले दामोदर रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । दामोदर रावलको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमितिमा उपाध्यक्षमा झलक गुरुङ, महासचिवमा मुगेन्द्र गौतम, सचिवमा राम रेग्मी, कोषाध्यक्षमा नम्रता शर्मा रहेका छन भने संस्थाको प्रबक्ता र पब्लिक अफिसरमा क्रमशः शिव पौडेल र अजय गिरी रहेका छन् ।यसैगरी संस्थाका कार्यसमिति सदस्यमा समिर आचार्य, पदम अधिकारी, रोशनी श्रेष्ठ, दिपक न्यौपाने, भुपेन शर्मा, विकल्प घिमिरे, कलम खड्का, शसांक बस्याल, किशोर बिष्ट, प्रवेश अधिकारी, रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने, सूर्य न्यौपाने, नवकिरण गौतम, भरतराज ढुंगाना, रञ्जित घिमिरे र चन्द्र खत्री सर्बसम्मत चयन भएका छन् ।

    संस्थाले संरक्षकमा भरत देवकोटा, सागर अधिकारी र मुक्तिराम पोखरेल चयन गरेको छ भने सल्लाहाकारहरुमा दीपक जोशी, मनऋषि धिताल, स्वतन्त्रप्रताप शाह, युवराज भट्टराई र हेमराज भट्टलाई मनोनयन गरेको छ ।नयाँ कार्यसमितिको घोषणा पश्चात् कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु, विभिन्न संघसंस्थाबाट आमन्त्रित नेपाली समुदायका प्रतिनिधिले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

    नव निर्वाचित अध्यक्षले रावलले आफू भाषणभन्दा काम गर्न मन पराउने उद्घोषसँगै सबैको सहयोगको अपेक्षा राखेको बताए । साथै दोश्रो साधारणसभा ले आफुलाई संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन गरेकोमा अध्यक्ष रावलले संस्थाका अग्रजहरु र बर्तमान सबै सदस्य एबं शुभचिन्तकहरु मा हार्दिक आभर एबं धन्यवाद व्यक्त गरेका थिए। त्यस्तै उपाध्यक्ष झलक गुरुङलेपनि आउँदा दिनहरुमा अझै शशक्त रुपमा सामाजिक गतिबिधिहरु लाई प्रभावकारी ढँगले अगाढी बढाउने प्रतिबद्दता सहित बिगतमा जस्तै आफु र कार्यसमितिलाई सबैको साथ र सहयोगको लागि पनि सबै संग अनुरोध गरेका छन्।झन्डै ६ वर्ष अगाडि स्थानीय कलाकारलाई सम्मान गर्ने र उनीहरु भित्र रहेको कलालाई उचित स्थान दिनुका साथै अस्ट्रेलियामा रहेका नवप्रतिभालाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना भएको नेपाली युथ फोरम अस्ट्रेलियाको यो दोस्रो अधिवेशन हो ।

    सिड्नीस्थित थर्ड आईको सभा हलमा भएको सो कार्यक्रमको बन्द सत्रबाट २५ सदस्य कार्य समिति सदस्य सर्वसम्मतमा चयन भएका थिए ।सभामा समुदायका अगुवा, विभिन्न संघ संस्थाबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष सागर अधिकारीको रहेको थियो भने प्रमुख अतिथिमा एनआरएनएए आईसीसी ओसिनिया संयोजक होम पाण्डे, विशेष अतिथिमा एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देवबहादुर गुरुङ र प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाका संयोजक रमेश पाण्डेको रहेको थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    आलु महोत्सवमा करिव ४ करोडको कारोवार

    श्रीभद्र पौडेल,पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं