SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२९ गते
    १०५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।

    हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    यो पनि, गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

    सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो । संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं