SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१३ गते
    ५६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ। पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विजया दशमी २०७६ को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो ।

    ‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । दिउसो २:३० बजेबाट शुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् भने अतिथी कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुती रहने बताईएको छ ।

    ‘पर्वतका सम्पूर्ण कलाकारहरुले एउटै मञ्च प्राप्त गर्ने पहिलो कार्यक्रमको रुपमा हामीले ‘पर्वत संगीत साँझ २०७६’लाई लिएका छौँ’ कार्यक्रमबारे प्रकाश पार्दै समाजका अध्यक्ष कस्तुप पन्तले भने, ‘यो कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउने महत्वपूर्ण योगदान दिनेछ भने हामीबीच भाईचाराको भावना पनि जगाउने बिश्वास लिएको छु’ ।

    कार्यक्रमको बारेमा आएका सकारात्मक प्रतिक्रियाले यो कार्यक्रम स्वर्णिम हुने बिश्वास लिएको समाजका महासचिव कृष्ण समिप सुवेदीले बताए । ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु भएका जतिपनि पर्वतेलीहरु हुनुहुन्छ उहाँहरु सबैको साझा कार्यक्रमको रुपमा यो कार्यक्रमलाई लिएका छौँ । उहाँहरुको साथ र हौसलाले पर्वत कलाकार समाजको यो कार्यक्रम सफल हुने बिश्वास हामीमा छ’, सुवेदीले बताए ।

    कलाकारहरु कलाकारितामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अगाडी आउँछन् भन्ने भावना जागृत गराउन पर्वत कलाकार समाजको गठन गरेको समाजका बरिष्ठ उपाध्यक्ष कुलेन्द्र बिश्वकर्माले बताए । कार्यक्रमले भौगोलिक रुपमा समेत पर्वत जिल्लालाई चिनाउन मद्दत पुग्ने बिश्वास उनले लिए ।

    यस कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाईएको छ । ‘सर्वप्रथम त अक्षयकोषको स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना भएको हो । अक्षयकोषको स्थापनार्थ थोरै भएपनि सहयोग यो कार्यक्रमले गर्नेछ । कसैलाई पनि दु:ख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’ समाजका कोषाध्यक्ष कुमार केसीले भने, ‘त्यो सँगै एकजुट भएका पर्वतेली कलाकारहरुमा यस कार्यक्रमले अझै सामित्यता बढाउने पनि हामीले बिश्वास लिएका छौ’ ।

    पर्वत संगीत साँझमा स्वदेश तथा विदेशका नेपालीहरुहरुको उपस्थिती रहनेछ । गैर आवसीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीसहितको टोली पनि काठमाडौं आउनेछन् भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना प्रमूख अतिथी रहनेछन् । त्यस्तै, पर्वत जिल्लाका जनप्रतिनिधीहरुको समेत उपस्थिती रहने बताईएको छ । उक्त कार्यक्रममा गायकद्वय कुलेन्द्र बिश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाईएको छ ।

    उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाल टेलिकम, आईएमई, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, सेन्चुरी बैंक, सेभेनस्टार ट्राभल, देउराली जनता फर्मासेट्युकल्स, हाईलाईट्स नेपाल लगायतका विभिन्न बैंक, वित्तिय संस्थाहरु तथा अन्य संस्थाहरुले सहयोग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं