SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२३ गते
    ८१४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिकोे पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका थिए । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका थिए ।

    पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी छनोट भएका १५ जना प्रतिष्पधी हरु बिच बिभिन्न चरणमा प्रतिष्पर्धा गराई गराइएको थियो । सोहि क्रममा यो हप्ताको नेपाल आईस मोडल अफ द वीक निशा नेपाली हुन सफल हुनुभएको छ । तेसै गरि सुजुकि मोडल अफ द वीक समिक्षा लयालु हुन सफल हुनुभएको छ । अघिल्लो हप्ता ५ जना प्रतिष्पधी हरु डेन्जर जोनमा परेका थिए । यो हप्ता ५ जना प्रतिष्पधी हरु मध्य २ जना प्रतिष्पधी हरु ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ बाट बहिरिएको कोरियोग्रफ प्रबल गुरुङले जानाकारी दिए ।

    बाकि छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर क्यान भाष रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    तेसै गरि प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको टिआरा ईन्टरटेनमेन्टले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं