SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१३ गते
    १०१४ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन भएको छ। च्याम्पियन्स लिगमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन एउटै समूहमा परेको छ । बिहीबार राति भएको ड्रमा रियल र पीएसजीसँगै गालाटासरे र क्लब बर्ग समूह एमा परेका छन् ।समूह बीमा गत सिजनको उपविजेता टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिखसँगै ओलम्पिकास र स्पेज्गा छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी, शाख्तर डोनेस्क, डिनामा जाग्रेब र एटलान्टा समूह सीमा छन् । युभेन्टस, एथ्लेटिको मड्रिड, लिभरकुसन र मोस्क्वा समूह डीमा परेका छन् ।

    डिफेण्डिङ च्याम्पियन लिभरपुल समूह ईमा परेको छ, जसमा नापोली, सेल्जबर्ग र जिंक छन् । समूह एफमा बार्सिलोना, बोरुसिया डर्टमुन्ड, इन्टर मिलान र पार्माका छन् भने समूह जीमा जेनिट, बेन्फिका, लियोन र लिपजिङ तथा समूह एचमा चेल्सी, अयाक्स, भ्यालेन्सिया र एलओएससी छन् । समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ड्र गरेको थियो । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं