SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१/२ गते
    ४६ पटक

    पर्वत  । यहाँका एक बृद्धले आँफूले वर्षभरि पाउने बृद्ध भत्ताको रकमले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा असाहय विद्यार्थीलाई पोशाक वितरण गरि मनाउनुभएको छ । राजनीतिज्ञ तथा समाजसेवी तोयनाथ चालिसेले आफ्नो ७८ औं जन्मदिनको अवसरमा वर्षभरी प्राप्त हुने सामाजिक सुरक्षाको रकममा अन्य रकम थप गरि ६९ जना गरिब तथा विपन्न बालबालिकालाई पोशाक तथा खाजा वितरण गर्नुभएको हो । सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत शिशु कक्षादेखि ३ कक्षा सम्मका बालबालिकालाई सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।

    जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्नुभन्दा बालबालिकाको क्षेत्रमा सहयोग गर्दा उनीहरुको भविष्य समेत बन्ने देखेर आँफूले यस्तो सहयोग गरेको उहाँको भनाई छ । उहाँले प्रत्येक वर्ष बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुहुन्छ । अाँफूले गरेको सानो सहयोगले बालबालिकाको भविष्य बनोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो काम गर्दै आएको चालिसेको भनाई छ ।

    उहाँले गत वर्षहरुमा समेत बृद्ध भत्ताको रकमबाट सोही विद्यालयमा १ लाख ५० हजारको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक समेत रहेका चालिसेले आँफूले लामो समय राजनीति गर्दा सामाजिक आन्दोलन र परिवर्तनका क्षेत्रमा बहस गरेकाले काममा समेत देखिने गरि उदाहरण बन्नुपर्नेमा जोड दिनुभयो ।

    आँफूलाई वर्षभरी खान पुग्छ भने समाजमा पनि सहयोग गर्दा राम्रो हुन्छ भन्ने हेतुले खर्च गर्दै आएको छु उहाँले भन्नुभयो– खान पुग्नेले नपुग्नेलाई दिनु नै समाजबाद हो । शिवालय माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले शिक्षा तथा समाजिक क्षेत्रमा लामो योगदान गर्दै आउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं