SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१/२ गते
    ७२ पटक

    विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ । ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो । बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो ।

    पार्टीको अभियान विभागले भ्रष्टाचारको विरोधमा देशव्यापी दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए । विवेकशीलका नेता–कार्यकर्ता हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं