SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१/२ गते
    ५४ पटक

    पर्वत– जिल्लामा भर्खरै मात्र सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले आफ्नो कार्यकालमा पर्वतलाई शान्त र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रहरी उपरिक्षक अर्यालले जिल्लामा शान्ती सुरक्षा र अमयनचयन कायम गर्न नागरिकहरु सँग मिलेर काम गर्ने बताउनुभएको छ । उहाँले जिल्लामा रहेका मुलभूत समस्या जस्तै आगूऔषध, चौरी डकैती, ट्राफिक व्यवस्थापन, जातिय छुवाछुत लगायत महिला तथा बालबालिकाका विरुद्ध कसुरमा शुन्य सहनशीलता अप्नाएर काम गर्ने बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालय पर्वतले आयोजना गरेको नव बर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, परिचयत्मक एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अर्यालले पर्वत जिल्लामा अबैध रुपमा उत्खनन नदिजन्य बस्तुको रोकथाम गर्ने बताउनु भएको छ । अनाधिकृत रुपमा उत्खनन् नदिजन्य बस्तुको रोकथाम गर्न आफुले पहल गर्ने बताउनु भएका] हो । उहाँले नदिजन्य बस्तु उत्खखन्मा नितीगत रुपमा केही समस्या भएपनि त्यसको व्यवस्थापनमा स्थानीय तहहरु सँग समन्वय गरेर अगडी बढ्ने बताउनु् भयो ।

    त्यस्तै उहाँले साथै प्रहरीले सहज रुपमा सूचना प्रवाहमा गर्ने जिकिर गर्नुभयो । प्रहरी उपरिक्षक अर्याल यस अघि पनि प्रहरी निरीक्षकको रुपमा पर्वतमा काम गरेका प्रहरी अधिकृत हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं