SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१/१ गते
    ४५ पटक

    पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले निर्वाचनको बेलामा ब्यक्त भएका सवै खालका प्रतिबद्धताहरु पुरा हुने दावी गरेका छन । कुश्मा नगरपालिकाको ठुलिपोखरीमा आयोजीत चैत्रास्टमी मेलाको उद्घाटन गर्दै सांसद गिरीले निर्वाचनमा जनताको अभिमत नै आफ्नो मार्ग निर्देशन भएको भन्दै निर्वाचनको बेला घोषणा गरेका प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने दावी गरेका हुन ।

    झण्डै ३० बर्ष पछि कालिका भवगती मन्दिर संरक्षण समितिले आयोजना गरेको चैत्राअस्टमी मेलाको उद्घाटन गर्दै सांसद गिरीले निर्वाचनको बेलामा आफूले गरेका सवै वाचाहरु स्मरण गरीरहेको उल्लेख गरेका हुन । निर्वाचनको बेलामा जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने र एक घर एक घारा अभियानलाई सञ्चालन गर्ने आफ्नो प्रतिबद्धताकै कारण अधिकतम जनताले आफूलाई विश्वास गरेको स्मरण गर्दै ति सवै प्रतिबद्धता पुरा गर्ने गरी काम भइरहेको गिरीको भनाई छ ।

    सांसद गिरीले अवको युगमा कच्चि र धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता र परिस्थितीको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै मुख्य सडकमा कालोपत्रेको यात्रा गर्ने गरी आगामी ४ बर्ष भित्र काम हुने जानकारी समेत दिए । उनले साइकल चोक देखि ठुलिपोखरी हुँदै खोला आर्थर र कार्किनेटासम्म जोड्ने सडक कालोपत्रेका लागि फाइल अगाडि बढेको उल्लेख गर्दै दोविल्ला देखि सिल्मी हुँदै ठुलिपोखरी सडकको पनि आगामी ४ बर्ष भित्र कालोपत्रे गरेरै छाड्ने वाचा दोहेराए ।

    ठुलिपोखरी र खौलामा लामो समय देखि खानेपानीको समस्या रहँदै आाएको उल्लेख गर्दै निकट भविश्यमा नै त्यो समस्या समाधान हुने गरी बजेट विनियोजन भएको सांसद गिरीको भनाई छ । गिरीले हिजो हजारौ रकम विनियोजन हुने वडाहरुमा अहिले खानेपानीका लागि करोडौ रकम विनियोजन हुन थालेको उल्लेख गर्दै त्यो रकमले जनताले खोजेको र सोचेको विकास हुने दावा गरे ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, नेपाल कम्युनिष्ट पार्टीका नेता मेघनाथ सुवेदी, कुश्मा १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल, कुश्मा १३ का वडा अध्यक्ष जंगबहादुर क्षेत्री, पोखरा ठुलिपोखरी समाजका अध्यक्ष गोकर्ण सुवेदी, समाजसेवी झलक रिमाल, चुडामणी पौडेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

    समितिका सचिव विश्वराज लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत युगनाथ पौडेल र अध्यक्षता कालिका भवगती मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश पौडेलले गरेका थिए । २ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकाहरुको विशेष सांस्कृतिक प्रस्तुत रहनेछ । ओझेलमा परेको मन्दिरको पछिल्लो समयमा संरक्षण समितिको पुर्नगठन भएसंगै गतिविधिहरुमा बृद्धि भएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं