SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    २०२ पटक

    पर्वत । सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पर्वत जिल्लामा नै पहिलो पटक हुन लागेको पहिलो सडक खाना महोत्सवको तयारी सम्पुर्ण रुपमा पुरा भएको छ । पर्वत जेसीजको आयोजनामा नयाँ बर्ष २०७६ सालको अवसरमा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको छ ।

    सुचनाकेन्द्र डटकमसँग महोत्सवको अन्तिम तयारी बारे कुरा गर्दै पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रवद्र्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पु¥याउनको लागि आयोजना गरिएको सडक खाना महोत्सवको तयारी सबैरुपमा सकिएको जानकारी दिनुभयो ।

    कुश्माको लोकतन्त्रचोकदेखि एभरेस्ट बैंक अगाडि सम्मको सडकमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनका २० ओटा स्टल रहने र करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सेलराेटी खाने प्रतियोगिता लगायतका प्रतियोगिताहरु पनि राखिएको महोत्सवका निर्देशक शिवप्रसाद सुवेदीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो । महाेत्सवमा नेपालका चर्चित गायक गायिकाहरु बिमलराज क्षेत्री, पशुपती शर्मा, सम्झना भण्डारी, तेजस रेग्मी, रिता थापा, याम क्षेत्री, कृष्ण अखेली, राजन कार्की, सरस्वती लामिछाने ,कृष्णसमिप सुवेदी, कृष्ण सुवेदी, अारसी पाैडेल, सुदिप क्षेत्री लगायतका दर्जन बढी कलाकारले अाफ्नाे प्रस्तुती दिने छन् ।

    महोत्सवको अन्तिम तयारी सकिएको छ । भोली १२ ः ३० बजे कुश्मा बजारको लोकतान्त्रिक चोकमा भब्य रुपमा कार्यक्रमको उद्घाटन गरीने महोत्सवका संचार संयोजक मुना शर्मा लामिछानेले बताउनु भएको छ । उहाँका अनुसार पर्वत जिल्लामा जेसीजको स्थापना सन् १९९६ मा स्थापना भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जेसिजले बिभिन्न सामाजिक सेवाका कामहरुको साथै यसपाली महोत्सव आयोजना गरेकोले सबैको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं