SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    ८८ पटक

    काठमाडौं । विवादित व्यापारी चन्द्र ढकालको व्यवस्थापनमा (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले मध्यरातसम्म चन्द्रागिरीमा बिताएको खुलेको छ । करछलि र सरकारी सम्पदा नाममा गरी पैसा कमाएर स्वीस बैंकमा राखेको आरोप लाग्दै आएका ढकालले (नेकपा)का दुबै अध्यक्ष, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री बादलसहितका नेताहरुलाई विहीबार रातिसम्म चन्द्रगिरीमा बसाएका हुन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओली, प्रचण्ड, विष्णु र बादलसहितका नेता तथा मन्त्रीहरुको त्यहाँ गोप्य बैठक समेत बसेको थियो । साँझको खानपान चन्द्रगिरीमै भएको स्रोतको दाबी छ । चन्द्रगिरी डाँडोमा ढकालले बनाएको होटलमा उक्त बैठक बसेको र। त्यसको व्यवस्थापन ढकालले नै गरेको बताइएको छ । राष्ट्रपतिदेखि सरकारका उच्च अधिकारीलाई चन्द्रगिरी घुमाउँदै आएका ढकालले एकैपटक सरकार र (नेकपा)को बैठक समेत बसाएका छन् ।

    राजनीति नेताहरुलाई प्रभावमा पारेर चन्द्रागिरी डाँडोमा व्यपार गरिरहेको आरोप ढकालमाथि लाग्दै आएको छ । राजनीतिक संक्षरणमा सरकारी सम्पदा तथा जंगल फडानी गरेर केबल कारसहितको भौतिक संरचना बनाएको भन्दै ढकालको आलोचन भइरहेको छ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ढकालले दलाल घोषणा गर्दै सरकारी सम्पदा कब्जा गर्न नदिने बताउँदै आएको छ । सो पार्टीका महासचिव विप्लवले खुला मंचमा आयोजित जनसभामै ढकालको नामै लिएर ‘दलाल’ घोषणा गर्दै कारवाही गर्ने चेतावनी दिएका थिए । केही समय पहिलेमात्रै खोज पत्रकारिता केन्द्रले ढकालले अर्बौं नेपाली रुपियाँ अबैध रुपमा स्वीस बैंकमा लगेर राखेको तथ्य सार्वजनिक गरेको थियो ।

    विवादित छविका ढकालको व्यवस्थापनमा प्रधानमन्त्रीसहितको बैठक चन्द्रागिरीमा बसेको भन्दै आलोचना सुरु भएको छ । स्रोतका अनुसार (नेकपा)का महासचिव पौडेलले त्यहाँ घुम्ने र बैठक बस्ने मिलाएका थिए । पौडेल प्रधानमन्त्री निवासको जग्गा आफ्नो नाम गरेको तथ्य सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको बेला अर्को विवादित स्थानमा बैठक बसाएका छन् ।

    त्यसको लागि पौडेल विहीबार दिउँसो नै चन्द्रागिरी पुगेको र प्रचण्ड ४ बजे चन्द्रागिरीमा पुगेका थिए भने ४ः३० बजे गृहमन्त्री बादल र प्रधानमन्त्री ५ बजे मात्रै चन्द्रगिरी पुगेका थिए । उनीहरुबीच बेलुकादेखि नै आवासीय बैठक भएको स्रोतले जानकारी दिएको छ । बैठकमा पार्टी एकता र मन्त्री फेरबदलबारे पनि छलफल भएको बताइएको छ । चन्द्रागिरी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेता बामदेव गौतम, झलनाथ खनाललाई कुनै जारकारी दिइएन । त्यसो त एक हप्ता अगाडि मात्रै प्रचण्डले परिवारसहित चन्द्रागिरी पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं