SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    ५५ पटक

    प्रकाश पौडेल विषय प्रवेश:
    तपाइंले सल्लाघारीमा वांदर खेलेको देख्नुभएको छ ? छैन भने वांदर त गांउ पसिसक्यो हजुर !!
    गांउमा वांदरले के गर्दैछ भन्ने वुझ्न मन छ र वांदरलाइ ठेगान लगाउने उपाय खोज्दै हुनुहुन्छ भने तपाइ अहिले उपयुक्त लेख पढ्दै हुनुहुन्छ। नेपालमा 35/40 वर्ष अगाडी ब्यापक वृक्षारोपण गरीयो। विषेशगरी जताततै सल्लोका विरुवा रोपीयो। जहां रोपियो त्यहां एकछत्र राज गर्ने सल्लोको विषेशता हुने गर्दछ। हुर्कीने वढ्ने कुरा त परै जावोस अरु प्रजातिका विरुवाले उम्रीनै समेत नपाउने हुन्छ सल्लोको राज्यमा। सल्लोको एकछत्र राज भएपछी जैविक विविधताको त राम्रै ढाड सेकाइ हुन्छ। वनस्पतिको मात्र के कुरा, जंगली जनावरको प्राकृतिक वासस्थान समेत सल्लाघारीको कारणले चौपट पारेको छ।

    मानविय अतिक्रमणका कारणले प्राकृतिक जंगलमा समेत वांदर लगायतका जंगली जनावरको लागी अति आवश्यक हुने कन्दमुल, फलफुल, र घांसपात जडीवुटीहरु स्वाहा भइरहेका छन।फलत: कृषिक्षेत्रमा वांदर, दुम्सी, वंदेल लगायतको आतंकले देशैभरीका कृषकहरु हायल कायल छन। काठदाउरा र खोटो सल्लीपुर उत्पादन हुने भएतापनि पानीको मुल सुकाउने र जमीन अमील्याउने आरोप समेत सल्लाघारीलाइ लागेकै छ। नेपालमा पाइने अधिकांश वांदरहरु रुखमै रमाउने प्रजातीहरु हुन। वांदरलाइ एक रुखवाट अर्को रुखमा जानको लागी भुइंमा झर्नुपर्यो भने उसको लागी त्यो भन्दा नरमाइलो क्षण केही हुंदैन। सल्लोको पात चिप्लो र तिखो हुने हुनाले वांदर एक रुखवाट अर्को रुखमा फडकेर जान सक्दैन। फेरी एक वोटदेखी अर्को वोटको दुरी टाढा टढा लगाइएको हुने र एक वोट देखी अर्को वोटको विचमा अन्य प्रजातीका वांदर मैत्री रुखहरु नहुने हुनाले सामान्यतया वांदर सल्लाघारीमा वस्न सक्दैन।

    मान्छे समेत सल्लघारीमा रमाउन सक्दैन। त्यहां विविधता हुंदैन। त्यहां घांसपात र फलफुल जडीवुटीहरु हुंदैनन। त्यहां जीविकोपार्जन हुंदैन। सल्लाघारीले त प्राकृतिक जंगलमा मान्छेको अतिक्रमण वढांउछ मात्र। हाम्रै कारणले हाम्रो स्वर्ग जस्तो घर आज दिन प्रतिदिन मरुभुमीकरण भइरहेको छ।यस लेख मार्फत कृषि क्षेत्रमा अतिक्रमण गरिरहेको वांदर नियन्त्रणको लागि विविध खाले प्रयास हरु भइरहेका भएता पनि तिनको प्रभावकारीता कमजोर सावित भइरहेको सन्दर्भमा अवको चुनौतिलाइ प्रभावकारीरुपमा सम्वोधन गर्न के कस्ता उपाय हरु अपनाउन सकिन्छ भन्नेकुराको विष्लेषण गरिएको छ।

    समस्याको पहिचान:
    एक अध्ययनका अनुसार विगत 25 वर्षमा वांदरको प्राकृतिक वासस्थान 30% ले ह्रास भएको छ। वांदरको प्राकृतिक गन्तव्यहरु हराउंदै गएका छन। अत्यन्तै शक्तिशाली अनुकुलन क्षमता हुने भएकोले नयां परिस्थितीमा खानाको खोजीका लागी वांदर मानव वस्ति तीर सल्कीरहेको छ। वांदरका २२५ प्रजाती मध्ये नेपालमा पाइने ३ प्रजातिहरु मान्छेसंग एकदमै नजीक रहेर वस्न सक्ने पाइएको छ। एक वांदरविज्ञको प्रतिवेदनमा ‘प्राकृतिक वासस्थानहरु घट्दै जानु नै मान्छेसंग नजिक हुनसक्ने प्रजातिका वांदरको जनसंख्या वढ्दै जानु को खास कारण हो” भनिएको छ।

    प्राकृतिक वासस्थानमा रंहदा खानेकुरा खोज्नको लागि दैनिक १० देखि १४ घन्टा विताउने वांदरले मानव वस्तिको नजिक जांदै गर्दा ‌१० मिनेट देखि २ घन्टामै एकदिनको लागी आवश्यक खाना प्राप्त गर्ने गरेको पाइएको छ। जसका कारण वांदरहरुले आपसमा खेल्दै विताउने समय प्रसस्त प्राप्त गर्ने हुंदा प्रजननकार्य सम्वन्धि क्रियाकलापमा पनि वढोत्तरी भएको र वच्चा जन्माउने दर पनि ह्वात्तै वढेर गएको पाइएको छ। वांदरको जनसंख्या मानव वस्ति तिर केन्द्रित हुंदा खाना तथा पानीको समस्या कम भइ विगत दश वर्षमा शिशु मृत्यूदर ८०% वाट घटेर ४२% मा झरेको छ।

    नियन्त्रणका प्रयासहरु :
    भारत लगायत कतिपय देशहरुमा वांदरलाइ समातेर वन्ध्याकरण गर्ने अभियान नै चलाइएको र करोडौं रकम खर्च गर्ने गरेको पाइएको छ तापनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन। वास्तवमा सन्तान उत्पादन गर्ने प्रयोजनको लागी पोथी वांदरले जुन पायो त्यही भाले वांदर संग संसर्ग गर्दैनन्। वांदरहरुको हरेक समुहमा “अल्फा मेल” (विशेष क्षमताका भाले) हरु हुने गर्दछन। जो अत्यन्तै चलाख, वलीयो र अरु भालेहरु भन्दा ठूलो हुने गर्दछन। सामान्यतया पोथीहरुले अल्फा संगै संसर्ग गर्दछन। नियन्त्रण गर्नकोलागी समात्ने क्रममा पनि अल्फा मेल हरु अत्यन्तै चलाखीसाथ स्केप हुने (भाग्ने) भएकोले सामान्यतया धेरै जनसंख्यामा रहेका कमजोर भालेहरु (विटा मेल) समातिने हुन्छ जसलाइ पोथी वांदरहरुले प्रजननकार्यको लागी कत्ती पनि मन पराउंदैनन र संसर्ग पनि गर्न मान्दैनन्। विटा मेल हरुलाइ वन्ध्याकरण गरिने कार्यले वांदरको जनसंख्या नियन्त्रण हुन सक्दैन ।अल्फा मेललाइ समात्ने वा पोथीहरुलाइ समातेर वन्ध्याकरण गर्ने काम एकदमै खर्चिलो हुने गर्दछ।

    वन्दुक वा पटका पड्काएर ठूलो आवाजले तर्साएर धपाउने प्रयास पनि निस्फल सावित भएको छ। वहुतै शक्तिशाली अनुकुलन क्षमता हुनेभएकोले झुक्याएर लखेट्न खोजिएको कुरा वांदरले तुरुन्तै वुझीहाल्छ, नडराउने वानी पर्छ र चर्को आवाजका कारण भगाउने प्रयास अत्यन्तै छोटो समयमा निस्प्रभावि भइहाल्दछ। यस सन्दर्भमा अल्ट्रासोनीक वन्दुकको प्रयोग प्रभावकारी पाइएको छ, तर अल्ट्रासोनीक फ्रीक्वेन्सीले गर्दा टेलीफोन तथा इन्टरनेट सिस्टममा जाम भइ समग्र संचार सर्भिसमानै वाधा पर्ने भएकोले वाध्यतावस यो प्रविधी पनि अपनाउन सकींदैन।

    कतिपय अवस्थामा वांदर नियन्त्रण गर्ने प्रयोजनकोलागि वांदर समात्ने मान्छे समेत भारत तिरवाट झीकाइ वांदरहरु हुर्कीएको ठाउंवाट समातेर अन्यत्रै लगि छोडीदिंने गरेको पाइएको छ। त्यसरी छोडीएका वांदरहरुले नयां ठाउंमा कस्तो व्यवहार गर्नुपर्छ भन्नेकूरा थाहा नपाउंदा तिनले मान्छेलाइ झम्टीने, आक्रमण गर्ने तथा टोक्ने प्रवृति देखापरेको वताइएको छ।

    वांदरलाइ जीस्काउने प्रयोजनकोलागी मान्छेले विभिन्न खालका खानेकुराहरु दिने गर्नाले वांदरको खाने प्रवृत्तिमा पनि मानवियकरण हुदैंगइरहेको छ। शक्तिशाली मिरर न्युरोन हुनेभएकोले वांदरले आफ्ना साथीहरुको तुरुन्तै नक्कल गर्न सक्छ।कुनै एक वांदरलाइ कुनैपनी प्रकारको खानेकुरा दिनु भनेको सवै वांदरहरुलाइ मान्छेको वस्तितिर आकर्षित गर्नु हो। कतिपय अवस्थामा मानव वस्ति तर्फ वांदरको वढ्दो जनसंख्या सल्किरहेको कारण कृषकहरु आतंकीत भइ खेतीपाती नै छोडेर शहर पस्न वाध्य भएका समाचार हरु पनि सुनिने गरेको छ।

    सन १९७७ सम्म वांदरलाइ प्रयोगशालामा अनुसन्धान गर्ने प्रयोजनको लागी भन्दै विभिन्न देशहरुमा वैधानिक रुपले नै ‍ओसार पसार र व्यापार गर्ने गरिन्थ्यो, अहिले पनि वर्षेनी लाखौं रुपैया लिइ नेपालवाट वांदरहरुको चोरी निकासी हुने गरेको केहि भारतिय संरक्षणवादीहरुको आरोप रहेको छ। IUCN का कतिपय सदस्य राष्ट्रहरुले वांदरहरुलाइ सम्मानका साथ जिउने वातावरण दिने अन्तर्राष्ट्रिय प्रतिवद्वतापत्रमा हस्ताक्षर गरेका छन। इन्टरनेशनल प्राइमेट प्रोटेक्सन लिग (IPPL) ले न्युट्रन रेडीएसन तथा अन्य वायोमेडीकल रीसर्च गर्नकोलागी वांदरलाइ प्रयोग गर्न नपाइने जनाएको छ। अमेरीका लगायत विभिन्न देशहरुले विभिन्न फोरम हरुमा वांदरहरुलाइ एक्सपेरीमेन्टल युनिटको रुपमा प्रयोग नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाएका छन। त्यसकारण वांदर निकासी गरी तिनको संख्या घटाउन सकीने विषय पनि असम्भव प्राय: भएको छ।

    अवको वाटो:
    केहि दशक अघि जापानमा पनि वांदरको विगविगी थीयो। नियन्त्रणको लागी माथी उल्लेख गरिए लगायतका विभिन्न खाले प्रयासहरु अपनाइयो तर मानव वस्तितर्फ वांदरको अतिक्रमण झन झन वढ्न थालेपछी सरकारी स्तर वाटै “नेचुरल ह्याविट्याट लाइ रिभाइभ” गर्ने निति लिइयो। वेरोजगार युवाहरुलाइ वांदर लखेट्ने तथा खाली जग्गाहरुमा व्यापक रुपले फलफुलहरु लगायत का वनस्पतीहरुको प्लान्टेसन गर्ने जागीर दिइयो। यसका साथै अल्फा मेलको वन्ध्याकरण गर्ने अभियान नै चलाइयो। अहिले जापानमा वांदरको अतिक्रमण नियन्त्रीत छ। गणतन्त्र चिनमा व्यापक रुपमा जंगलभित्र वांदरलाइ मनपर्ने फलफुल विरुवा रोप्न थालिएको छ।

    हंगकंगमा पाँच वर्ष सम्म (सन २००८ देखि २०१२ सम्म) जंगलभरु वांदरमैत्री रुखविरुवा रोप्ने तथा प्राइमेटोलोजीस्टको सहयोगमा पोथीहरुसंग सहवास गर्न पल्केका अल्फा भाले हरु पहिचान गरि समातेर वन्ध्याकरण गरिदिने अभियान नै चलाइएको थियो। जसले गर्दा त्यहां हाल वांदरको शिशु जन्म दर ३० प्रतिशतमा झरेको छ। ह्याविट्याट म्यानेज्म्नट संग अन्य उपायहरु समेत एकिकृत गरि लागु गरिएमा वांदरलाइ सजिलै नियन्त्रणमा लिन सकिने देखिएकोले वांदर मैत्री विरुवा खरिद गर्नको लागि मात्र भनेर भारतको तिलंगना राज्य सरकारले हालै १५ अर्व रुपैंया वजेट विनियोजन गरेको छ। यसै अनुरुप हुनेगरि नेपालका सवै तहका सरकारहरुले समेत यस क्षेत्रमा लगानि गर्न जरुरी देखिन्छ।

    भारतमा कृषि सम्वन्धि अनुसन्धानरत संस्था ICAR ले वांदर धपाउनैको लागि “Harmony Q” भन्ने यन्त्रको विकास गरेको छ। अन्यन्तै भयानक अवस्था वाट गुज्रीरहेका भयभित वांदरहरुको चित्कार संग मिल्दोजुल्दो आवाज निकाल्ने यो मेसीन चलेको ठांउमा वांदरहरु जान नसक्ने वताइएको छ। यो आवाजले गर्दा वांदरलाइ अत्यन्तै नरमाइलो लाग्ने गर्दछ जसका कारण खेतीगरीएको क्षेत्रमा राखीएको यो मेसीन वरिपरी वांदरहरु प्रवेश गर्न नसकि विरक्तिएर टाढा जाने गर्दछन। वांदरलाइ मनोवैज्ञानिक रुपमै तर्साउनकोलागी विकास गरीएको यो मेसीनले भारतका महाराष्ट्र तथा कर्नाटक मा लोकप्रीयता कमाइरहेको छ। अन्य क्षेत्रहरुमा यसको प्रयोग फैलीने क्रममा रहेको कुरा जानकारीमा आएको छ।

    शहरी क्षेत्रका वांदरहरुलाइ नियन्त्रण गर्नकालागी प्रसस्त मात्रामा मंकी सेंचुअरी हरु स्थापना गर्न सकीन्छ। त्यस्ता सेंचुअरी वरिपरी एवं खेती गरिएको क्षेत्र वरिपरि मोलासेस घांस (Melinis minutiflora) समेत लगाउन सुझाइएको छ। पातहरु च्याप च्याप लाग्ने प्रकृतिको हुने भएकोले यो घांस लगाइएको वाटो गरेर हिंड्न समेत वांदरहरुलाइ अरुची पैदा हूने गर्दछ। यो घांस दुधालु पशु वस्तुहरुकोलागि समेत उत्तम आहराको रुपमा उपयोग हुंदै आएको छ।

    शहरी क्षेत्रमा संचार प्रयोजनको लागी उपयोग हुने अप्टिकल फाइवरप्रति वांदर आकर्षित हुने र त्यसलाइ चपाएर विगारिदिनेहुनाले अप्टिकल फाइवरलाइ अन्डरग्राउण्ड गर्नसमेत सुझाइएको छ। एक प्रतिवेदन अनुसार भारतको वानारासमा शहरैभरी नि:शुल्क वाइफाइ को व्यवस्थापन गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको योजना असफल हुनुमा शहरी वांदर लाइ मुख्य कारणको रुपमा दर्शाइएको छ। सिमीत संख्यामा स्थापित गरिएका निशुल्क वाइफाइ स्टेसन हरुमा प्रयोग भएको अप्टीकल फाइवरलाइ वांदरले उखु जस्तै चपाएर थुकीदिने गरेकोले हाल वानारासमा अप्टीकल फाइवरलाइ अन्डरग्राउन्ड गर्ने अभियान शुरु भएको जनाइएको छ।

    निष्कर्ष:
    हामीले वांदरको घर पनि भत्कायौं। आफ्नो घर पनि वांदर लगाएर भत्काउंदै छौं। हामी मान्छेले आफ्नो धर्म छोड्दैछौं। वांदरले आफ्नो धर्म छोड्दैन।प्राकृतिक रुपले विगतमा सन्तुलीत रहेको वांदरको घर (Natural Habitat) हामीले लिटरल्ली भत्काइदियौं। हामी वांदर वन्दै छौं। वांदर मान्छे वन्दै छ। वांदरले लगातार मानव वस्तीमा अतिक्रमण गर्दैछ। यसलाइ रोक्न वांदरको घर पुनर्स्थापना गरिदिनुपर्दछ। अव सामुदयीक र सरकारी वनहरुमा, सल्लाघारीमा फलफुल, डालेघांस लगायत वांदर मैत्री रूखविरुवाहरु रोप्नुको विकल्प छैन। हरेक स्थानिय तहका सरकारहरुले अवका दिनमा वन र कृषि संग सरोकार राख्ने निकायहरुसंग समन्वय गरी अभियानकै रुपमा वांदरलाइ जंगल फर्काउने कार्यक्रमहरु तर्जुमा गर्नुपर्दछ। आगामी वर्ष नै करोडौंको संख्यामा देशैभरीका हैसीयत विग्रीएका जंगलहरुमा वांदरमैत्री हुनेगरी फलफुल लगायतका रुख विरुवाहरु रोपौं। समुदाय मिलेर गरेमा यो काम असम्भव छैन। स्मरण रहोस सजीलो तरीकाले समृद्धि आंउदैन। सम्पुर्णलाइ नया वर्ष २०७६ को शुभकामना।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं