SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२७ गते
    ४५ पटक

    पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको प्रसिद्ध कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा २ दिने बाटुलेचौर मेला हुने भएको छ । मेला व्यवस्थापन समितिका अनुसार आगामी चैतको ३० गते र २०७६ बैशाख १ गते मेला हुने भएको हो । विगत २ दशक अगाडीसम्म यस क्षेत्रकै ठूलो मेला लाग्ने उक्त स्थानको पहिचान झल्काउन साथै परम्पराको जगेर्ना गर्न मेलाको आयोजना गरिएको हो ।

    मेलाको अवसरमा खुला लोक भजन प्रतियोगिता, खुला लोक गित प्रतियोेगिता र खुला नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलका अुनसार विगतको परम्परालाई स्थापित गराउने साथै स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने जनाईएको छ । कलाकारहरु याम क्षेत्री, कृष्ण अखेली, लक्ष्मी नेपाली, जीवन दाहाल तथा बसन्ती थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने सचिब विश्वराज लामिछानेले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं