SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२४ गते
    ७४४ पटक

    चेन्नई, भारत । पेशाले नर्स तथा होटल म्यानेजर । चाहाना समाजसेवा । रुची सामाजीक सेवामा काम गर्ने । यस्तै यस्तै चाहानाहरुले देश बाहिर भएर पनि नेपालीहरु भनेपछि हुरुक्कै हुन्छिन तुलसी कोईराला । नेपालको प्युठान जिल्लाकाे फाेप्ली ७ बास्काेटमा जन्मिएकी कोईराला १२ बर्षदेखि परदेशी भुमी भारतको चेन्नई भडापलेनी भन्ने ठाउँमा छन् । उनले हालसम्म त्यसक्षेत्रमा रहेर दुखमा परेका ७० भन्दा बढी नेपाली दाजुभाइ दिदिबैनीहरुलाइ उद्धार तथा सहयाेग गरीसेकेकी छन् ।

    दुख परेका हरेक नेपालीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई मनदेखि सुखी लाग्ने बताउने कोइरालाले सुचना केन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरीसँग कुरा गर्दै हालसम्म नेपालबाट रोजगारीको सिलसिलामा भारतको चेन्नई क्षेत्रमा पुगेका नेपालीहरुका समस्याहरुलाई समाधान गर्न पाउँदा खुसी लागेको बताउँछीन । उनी भन्छीन तलव नपाएका, जागिर नपाएका देखि अनेक खालको समस्याले भरिएकाहरु नेपाली दाजुभाई दिदिबैनीहरु यहाँ हुनुहुन्छ हामीले सानो मात्रै सहयोग गर्यौ भने उहाँको भबिश्य नै उज्यालो बन्नसक्छ यसकारण उहाँहरुलाई सहयोग गर्न मन लाग्छ ।

    पारिवारीक बाध्यताले उमेर सानो भएपनि जागिरको खोजीमा नेपाली युवाहरु परदेशी भुमीमा भरिएका छन् । उनीहरुलाई जागिरमा जोड्न पाउँदा आफुलाई खुसी लाग्छ । कोहिले लामो समय काम गरेर पनि तलव पाएका छैनन् उनीहरुलाई तलव दिलाउन पाउँदा मन खुसी हुन्छ । पहिला पहिला गारो पनि भयो तर आजभोली उहाँहरु नै खोज्दै आउनु हुन्छ । मलाई पनि सहयोग गर्न पाउँदा खुसी लाग्छ । मैले गरेको सामान्य सहयोगले उहाँहरुको ओठमा देखिने मुस्कानले अझै धेरै यस्तै सामाजीक काम गर्न मनलाग्छ मलाई ।।।

    हरेक मानिसहरुको मृत्यु त अनिवार्य छ । आखिर मरेरै जाने हो आफुले सक्दो सहयोग गर्दा अरु कसैको भबिश्यमा उज्यालो देखिन्छ भने किन नगर्ने जस्तो लाग्छ । म होटलमा म्यानेजरको रुपमा कृयाशिल छु र हस्पीटलमा पनि काम गर्छु । सबैतिर चिनजान छ यसकारण मलाई सामाजीक रुपमा सहयोग गर्न सजिलो पनि छ । मेरो परिवारबाट सामाजीक कामको लागि मलाई पुरै सहयोग छ । मेरो कामलाई देखेर बाबा ममी पनि खुसी नै हुनुहुन्छ । हामी गरिव देशका नागरीक भएपनि हरेक नेपालीहरुको मन यति महान छ । शब्दमा भन्नै सकिदैन भन्छीन कोईराला ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं