SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१९ गते
    १४८ पटक

    कुश्मा, पर्वत । पर्वत जिल्लाको सबैभन्दा पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफूमार्फत प्रदान गरिने विभिन्न ६ वटा साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्ने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । सङ्गमको चैत्र १७ गते बसेको कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गरी उक्त पुरस्कारहरुको घोषणा गरेको हो । पुरस्कार तथा सम्मानका लागि चयन हुनुभएका स्रष्टाहरुमा पर्वतका शान्तिनारायण श्रेष्ठ, कृष्णादेवी शर्मा श्रेष्ठ र प्रकृति शर्मा, बागलुङका प्रेम छोटा र काजी रोशन एवम् म्याग्दीका ध्रुबलाल शर्मा रहनुभएको छ । दशहजार राशी रहेको पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार बागलुङका अग्रगन्य साहित्यकार प्रेम छोटालाई अर्पण गरिने भएको छ भने दशहजार राशीको मान–पदम स्मृति साहित्यिक पुरस्कार बागलुङकै अग्रज साहित्यकार काजी रोशनलाई समर्पण गरिने भएको छ । यसैगरी दशहजार राशीको डिल्ली–राधा साहित्यिक पुरस्कार पर्वतका अग्रगन्य स्रष्टा शान्तिनारायण श्रेष्ठलाई र दशहजार राशीकै नमुना शिक्षा तथा साहित्यिक पुरस्कार हाल नवलपरासीमा रहेर साहित्य साधनारत नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई अर्पण गरिने भएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।

    दशहजार राशीको गोपी–नन्द स्मृति साहित्यिक पुरस्कार म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मालाई समर्पण गर्ने निर्णय भएको पर्वत साहित्य सङ्गमका सचिव खेमराज शर्मा चापागाईंले जानकारी दिनुभएको छ । पाँचहजार राशीको संस्कृति बालप्रतिभा पुरस्कार पर्वतकी बालप्रतिभा प्रकृति शर्मालाई प्रदान गरिने भएको छ । प्रत्येक दुई बर्षमा प्रदान गरिने यी पुरस्कारहरु यसअघि २०७२ सालमा पर्वतका स्रष्टा साधना प्रतीक्षा, सदानन्द अभागी, बालप्रतिभा अमन पौडेल, बागलुङका भूपिन र म्याग्दीका भक्त कार्कीलाई समर्पण गरिएको थियो । घोषित पुरस्कार मध्ये पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कारको स्थापना पर्वत साहित्य सङ्गमले गरेको हो भने मान–पदम स्मृति साहित्यिक पुरस्कारको स्थापना सङ्गमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले आफ्ना हजुरबुवा–हजुरआमाको स्मृतिमा गर्नुभएको हो । यसैगरी डिल्ली–राधा साहित्यिक पुरस्कारको स्थापना सङ्गमका उपाध्यक्ष डिल्लीराम शर्माले गर्नुभएको हो भने नमुना शिक्षा तथा साहित्यिक पुरस्कारको स्थापना कुस्मास्थित नमुना आवासीय माविले गरेको हो ।

    यसैगरी गोपी–नन्द साहित्यिक पुरस्कारको स्थापना सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले आफ्ना बुवाआमाको स्मृतिमा र संस्कृति बालप्रतिभा पुरस्कारको स्थापना सङ्गमका आजीवन सदस्य सुशिल थकाली अनुरागीले गर्नुभएको हो । यी सबै पुरस्कारहरुका लागि पर्वत साहित्य सङ्गममा तीन लाख राशीको अक्षयकोष स्थापना गरिएको छ । बर्ष २०७४ का लागि सार्वजनिक पुरस्कारहरु आगामी बैशाख महिनाको दोस्रो हप्ता कुस्मामा आयोजना गरिने भब्य समारोहमा स्रष्टा सर्जकहरुलाई समर्पण गरिने तयारी गरिएको पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो । यस अघि इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री र राजेन्द्र पहाडी रहेको स्रष्टा चयन समितिले सिफारिस गरेबमोजिम कार्यसमितिको बैठकले पुरस्कृत हुने व्यक्तित्वहरुको नामलाई अनुमोदन गरेको कोषाध्यक्ष मीना गुरुङले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं