SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१४ गते
    ४९ पटक

    काठमाडौं । समाजसेवी, मोडल तथा गितकार ममता राईको ‘जब भेटे तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत न्युयोर्कमा बस्दै आएकी व्युटिशियन ममता राईले लेखेकी हुन् । गीतकार राईको यो गीत अगावै ‘ममता’ नामक गीती एल्बम सार्वजनिक गरीसकेकी छन् । अमेरिकामा बसोबास गर्दै आईरहेकी राई ‘ममता जनहित फाउण्डेशन’की सञ्चालक पनि हुन् ।

    यस फाउन्डेशनले प्रत्येक बर्ष सोलुखुम्बुमा गरिब जेहेन्दार ५ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै समय समयमा बृद्ध बृद्दाहरुलाई लत्ताकपडाका साथै आर्थिक सहयोग पनि गर्दै आएको छ ।

    गीतकार राईले दर्जनौं जनवादी गीत लेख्नुका साथै धेरै गीतहरुमा माडलिङसमेत गरिसकेकी छन् । भर्खरै सार्वजनिक भएको ‘जब भेटे तिमीलाई’ गीतलाई नव उदयमान गायक विवेक लिम्बु र सृष्टि चाम्लिङ्ग राईले स्वर दिएका छन् । यो गीतको संगीतकार बिक्रम राई हुन् भने एरेन्जरमा पुरुषोत्तम सुबेदी र मिक्सिंग किशोर थापाको रहेको छ।

    गायक लिम्बु र गायिका राईले यसगितको बारेमा बोल्दै भने गीतको शब्द अत्यन्तै राम्रो रहेको र गीतलाई सकेसम्म आफुहरुले न्याया गरेको दाबी गरे । गीतकार ममताले नेपाली संगीत क्षेत्रमा आशा लाग्दो गायक गायिकाको उदय भएको र अरु जिम्म्मा श्रोता दर्शकको रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं