SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/११ गते
    ५९ पटक

    मनिष गुप्ता  कपिलवस्तु
    महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै जनताको काम प्रति गैर जिम्मेवार बनेको भन्दै नेकपाले नगर प्रमुख अब्दुल कलाम तथा जनप्रतिनिधिहरुको कार्यशैली प्रति आपत्ती जनाएको हाे । महाराजगंज नगरकमिटि अध्यक्ष विजय प्रकाश जैसवालले विभिन्न १६ बुंदे घटना तथा अवस्थाको सुधारको माग गर्दै आइतबार नगरपालिकामा ज्ञापन पत्र बुझाउनुभएको छ । सयौको संख्यामा नगरपालिका घेराउ सहित ज्ञापन पत्र बुझाउदै नेकपा नगर अध्यक्ष जैसवालले जनप्रतिनिधीले जनताको पक्ष भन्दा पनि निहित व्यक्तिगत र राजनितिक स्वार्थमा लागेको आरोप लगाउनुभयो ।

    नेकपाले पेश गरेको १६ बुंदे सुधारपत्रमा नगर प्रमुख कलामले राजनैतिक प्रतिशोधको भावनाले अन्य विचार तथा आस्था राख्ने कार्यकर्ता र जनतालाई सास्ती दिने गरेको, योजनाहरुमा आवश्यक्ता भन्दा आफुखुशी गर्ने गरेको, उपभोक्ताको नाममा ठेक्कापट्टा गर्ने कार्यकर्तालाई अध्यक्ष बनाउने गरेको , कमसल काम गर्दा पनि कारवाही नगरेको, विद्यालयहरुमा विभिन्न कारण देखाउदै राजनितिक हस्तक्षेप गरि पठन पाठनमा समस्या सिर्जना गरेको, फरक विचारका कर्मचारीहरुलाई विभिन्न कारण देखाउदै सरुवा, जिम्मेवारी विहिन बनाउने कार्य गरेको भन्दै सुधारका लागि माग गरिएकाेे छ।

    नगर प्रमुखको ठाडो आदेशमा अहिले धमाधम योजनाहरुको उपभोक्ता समिति गठन भइरहेको तर योजना क्षेत्रका जनतालाई समेत यसबारे जानकारी नभएको हुदा यो संस्थागत र नितिगत भ्रष्टाचार भएको नेकपा नगर अध्यक्ष विजय जैसवालको आरोप छ । “उपभोक्ता समिति गठन कार्यविधि अनुसार गठन सम्बन्धि सार्वजनिक सुचना जारी गर्नुपर्छ,भेला गरेर सर्वसम्मत समिति बनाउनुपर्छ तर यहाँ सिधै नगरप्रमुखको तोकादेशमा ठेकेदारलाई अध्यक्ष बनाइदैछ” उहाले भन्नुभयो ।

    अनावश्यक कर थुपारेको, कमिशनका योजनालाई प्राथमिकता दिइएको, प्रक्रिया मिचेर शिक्षक, कर्मचारी भर्ना गरेको, विद्यार्थी नभएको मदरसामा ३१ लाख रकम दिएको, कृषि, शिचाई र स्वास्थ्य क्षेत्रमा न्यून बजेट विनियोजन गरि सामाजिक विकासमा अवरोध खडा गरेको जस्ता आरोप सहित १ साता भित्र सुधार गर्दै अघि बढ्न नेकपाले माग गरेको छ । माग सुनुवाई नभए जनताको साथ लिएर नगर तथा वडा कार्यालय घेराउ, तालाबन्दी तथा विभिन्न दबाबमूलक कार्यक्रम साथ आन्दोलनमा उत्रने जैसवालले जानकारी दिनुभयो ।

    यता महाराजगंज नगरपालिकाले भने नेकपाले आफुहरुलाई प्रतिपक्ष सरह व्यवहार गरेको आरोप लगाएको छ । माग गरिएका कतिपय विषयमा छलफल गर्न सकिने भएपनि अधिकांश आरोपहरु निराधार भएको नगरप्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । “हामी नगरको विकासको पक्षमा छौ, सहि विषयमा उहाँहरु संग सहकार्य गरेर अघि बढ्न तयार छौ” उहाले भन्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं