SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१० गते
    ८७ पटक

    काठमाडौं, । घटना १ : संखुवासभाका सुदीप श्रेष्ठ (नाम परिवर्तन) अहिले ३२ वर्षका भए । २३ वर्षको छँदा उनलाई जिउ र टाउको दुख्ने समस्या देखियो । केही दिनको पर्खाइमा ठीक नभएपछि तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा गए । स्वास्थ्यकर्मीले पेनकिलर प्रयोग गर्न सल्लाह दिए । दुखाइ कम गर्ने नाममा धेरै पेनकिलर सेवन गर्दा अहिले उनको मिर्गौलामा समस्या देखिएको छ । घटना २ : मुगुकी ५३ वर्षीया रश्मि रोका (नाम परिवर्तन)लाई १५ वर्षअघि जोर्नी दुख्ने समस्या देखियो । अन्य उपचारले ठीक नभएपछि नियमित पेनकिलर प्रयोग गर्न थालिन् । केही वर्षपछि उनलाई रगत नै बान्ता हुन थाल्यो । उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा आइन् । डा. दीपेन्द्र पाण्डेका अनुसार स्वास्थ्य जाँच गर्दा महिलाको मिर्गौला फेल भएको देखियो । अहिले नियमित डायलासिस गरिरहेकी छिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    घटना ३ : धादिङका जुडे कुमाल (नाम परिवर्तन)लाई १० वर्षदेखि उच्च रक्तचापको समस्या देखियो । ४३ वर्षका कुमाल प्रेसरका कारण टाउको दुखेपछि अहेवको सल्लाहमा नियमित पेनकिलर सेवन गर्न थाले । तर, पछिल्लो समय शरीर दुख्न थालेपछि उनी उपचारका लागि ट्रमा सेन्टर आए । परीक्षण गर्दा उनको मुटु नै फेल हुने अवस्थामा पुगेको रिपोर्ट आएको डा. दीपेन्द्र पाण्डेले बताए । नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

    पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् । ‘मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुँदा पेनकिलर झन् हानिकारक हुन्छ,’ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘मुख सुक्यो, पिसाब घट्यो भन्दै आउने बिरामीले पेनकिलर प्रयोग गरेको पाइयो । यसले मिर्गौला, मुटुलगायत भित्री अंग खतम गरिदिन्छ ।’

    उच्च रक्तचाप र घुँडाको दुखाइ कम गर्न स्थानीय स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वर्षदेखि पेनकिलर सेवन गर्दै आएका सुनसरीका सुदेश लम्साल अहिले डाक्टरले साइडइफेक्टबारे बताएपछि तनावमा छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल नेपालमा धेरै बिक्री हुने औषधिको सूचीमा पेनकिलर पनि पर्ने बताउँछन् । पेनकिलरबारे अनुसन्धान गरेर आमनागरिकमा चेतना फैलाउन आवश्यक रहेको उनले बताए । नेपालमा ब्रुफेन, भोभेरान, ट्रामाडोल, निमेसुलाइड, डाइक्लोफेनेकलगायत पेनकिलर बढी प्रयोगमा छन् ।

    पेनकिलरले निम्त्याउने समस्या
    -पेनकिलर अत्यधिक सेवन गर्दा फेक्सो खराब हुने तथा दमलगायत श्वासप्रश्वासको समस्या हुन्छ ।
    -पेनकिलर धेरै सेवन गर्ने व्यक्तिको पेटमा घाउ नै बन्छ । यसले ग्यास्ट्रिक हुने, छातीमा जलन हुने, पेट दुख्ने र बान्ता हुने समस्या ल्याउँछ ।
    -लामो समयसम्म पेनकिलर सेवन गर्दा मिर्गौला नै बिग्रन्छ । रगत दूषित बनाएर हृदयाघात गराउँछ ।
    -पेनकिलर निरन्तर प्रयोग गर्दा कलेजोको सेल्स मर्न थाल्छन् । यो अवस्थामा व्यक्ति दुब्लाउँदै जाने र भोक कम लाग्ने हुन्छ ।

    पेनकिलरमा पल्किए नेपाली
    डा. ऋषिकुमार काफ्ले
    वरिष्ठ मिर्गौलारोग विशेषज्ञ
    दुखाइ कम गर्ने औषधि फरक–फरक छन् । साधारणतया पारासिटामोलले पनि दुखाइ कम गर्छ । तर, यो धेरैजसो चक्कीमा उपलब्ध हुने भएकाले घुल्न धेरै समय लाग्छ । बिस्तारै घुल्दा यसको असर पनि न्यून हुन्छ । तर, प्रायः झोलमा उपलब्ध हुने अन्य पेनकिलर छिटो घुल्ने भएकाले दुखाइ तत्काल कम गर्छ भने नकारात्मक असर पनि बढी गर्छ । पेनकिलरको नकारात्मक असर थाहा नहुने सर्वसाधारणले तत्काल राहत दिने पेनकिलर नै सेवन गर्छन् । कतिपय स्वास्थ्यकर्मी र औषधिपसलले पनि यसलाई प्रोत्साहन गरिरहेका छन् ।

    डेढ अर्बको उत्पादन, दुई अर्बको आयात
    नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकरप्रसाद घिमिरेका अनुसार नेपालका सबैजसो औषधि उत्पादक कम्पनीले पेनकिलर उत्पादन गर्दै आएका छन् । भारतबाट पनि यसको आयात निकै ठूलो मात्रामा हुन्छ । नेपालमा पेनकिलरको उत्पादन प्रतिवर्ष डेढ अर्बबराबरको हुने र भारतबाट दुई अर्बबराबरको आयात हुने घिमिरेले बताए । ‘पेनकिलरको प्रयोग अनावश्यक मात्रामा भएको छ । बजारमा यसको व्यापक दुरुपयोग छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसविना पनि बिक्रीवितरण भएका छन्,’ उनले भने, ‘व्यवस्थापन नगरिए दीर्घकालमा झन् गम्भीर समस्या ल्याउनेछ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं