SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/८ गते
    २०२ पटक

    पर्वत । सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पर्वत जिल्लामा नै पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरिने भएको छ । पर्वत जेसीजको आयोजनामा नयाँ बर्ष २०७६ सालको अवसरमा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको पर्वत जेसिजले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रवद्र्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पु¥याउनको लागि सडक खाना महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

    महोत्सवमा स्टल राख्ने तथा अवलोकन गर्नेहरुलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको पनि पर्वत जेसिजले जानकारी दिएको छ । कुश्माको लोकतन्त्रचोकदेखि एभरेस्ट बैंक अगाडि सम्मको सडकमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनका २० ओटा स्टल रहने र करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा मःम खाने प्रतियोगिता, जलेवी दनैड लगायतका प्रतियोगिताहरु पनि राखिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै २५ लाख रुपैयाँ खर्च लाग्न सक्ने अनुमान गरिएको छ । चत ३० गते राती १ बजेसम्म र अरु २ दिन राती ११ बजेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको साथै हाँस्य कलाकारहरुको पनि प्रहसन रहने महोत्सवका निर्देशक शिवप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    महोत्सवको बारेमा महोत्सवका मूल संयोजक केदारानाथ आचार्यले पनि प्रष्ट्याउनुभएको थियो । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन पर्वत जेसीजका महासचिव रामु शर्माले गर्नुभएको थियो । पर्वत जिल्लामा जेसीजको स्थापना सन् १९९६ मा स्थापना भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जेसिजले बिभिन्न सामाजिक सेवाका कामहरु पनि गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं