SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/७ गते
    १२०८ पटक

    । स्याउ फलाउने पौड्याल पटक पटकको प्रयासले सफल भएको हुँ ।

    निर्मल पौडेल पर्वत  ।
    पर्वतको फलेवास नगरपालिका वार्ड नम्वर ७ लिमिठानामा मुस्ताङमा फल्ने स्याउ फलेपछी गाउँलेहरु अचम्मित भएका छन् । कहिलेकाहँी वजारवाट लगेको स्याउ चाख्न पाउने गाउँलेहरु गाउँमै स्याउ फलेको देखेर अचम्मित भएका हुन् । साविकको लिमिठाना गाविस वार्ड नम्वर ४ आँटिघरका विजयराज पौडेलले आँफै विरुवा उमारेर स्याउ फलाउन सफल भएका हुन् । लामो समय देखी शिक्षण पेशामा आवद्ध पौडेलले पटक पटकको लामो प्रयास पछि स्याउ फलाएर गाउँलेहरु लाई नै चकित पारिदिएका हुन् । करिव ६ वर्ष अगाडी खानको लागि वजार वाट लगेको स्याउको विया रोपेर विरुवा उम्रीएपछी अहिले वोटमा दाना फल्न लागेको हो ।

    स्याउ प्राय समुन्द्री सतहदेखी करिव ३ हजार ३५ सय मिटर माथि हिमाली उच्च भुभागहरुमा फल्ने फल भएपनि १ हजार मिटरमा स्याउ फलाउन पौड्याल सफल भएका हुन् । पौड्याल भन्छन् “मैले स्याउको विरुवा सार्न मात्र धेरै पटक कोशिस हुँ कहिले मुस्ताङको विरुवा ल्याएर रोपे कहिले ढोरपाटनको विरुवा ल्याएर रोपेँ तर सरेन । त्यस पटक पटक प्रयास गरे भएन, पछिल्लो ६ वर्ष अगाडि वजारवाट ल्याएको स्याउ खाएर उम्रन्छ उम्रिदैन विचार गर्नको लागि विया रोपेको करिव महिना दिनपछाडी टुसायो । उवेलामा लागेको थियो स्याउ होकी हैन भन्ने पछाडी पात पलाउन लागेपछी चिनिहाले । स्याउको वोट हुर्केसँगै मनमा फल फलाउने उत्साह हुर्काएको थिए पौड्यालले भने अहिले निरन्तरको प्रयासपछी सफल भएकोमा हर्षित छु । ”

    विशेष गरी स्याउको पकट क्षेत्र मुस्ताङ, हुम्ला जुम्ला,मनाङ र वाग्लुङको ढोरपाटन मानिन्छ । स्याउ गाउमै फलेको देख्न पाउँदा आँफु अचम्ममा परेको स्याउ हेर्न पुगेका स्थानिय ७० वर्षिय भुवानी पौडेलले वताए । पौडेलले भने ए मुस्ताङको जस्तै फलेछ लौ । वरपरका छिमेकी मात्र हैन साविकको अन्य वाडहरुवाट पनि स्याउ फलेको हेर्न आउनेको सङ्ख्या वढ्दो रहेको छिमेकीहरुको भनाई छ । माटो हावापानी परिक्षण गरेर स्याउको लागि नगरपालिकाले केहि चासो देखाए लिमिठानामा स्याउको सम्भावना रहेको आँफूले देखेको देविस्थान राहले कृषि प्राविधिक केन्द्रका अवकाश प्राप्त प्राविधिक सहायक आनन्द पौडेलको भनाई छ ।

    पर्वतमै पहिलो पटक फलेको रुख स्याउको स्वाद कस्तो होला? र स्याउ फलाउन सफल कृषक लगायत स्याउको सम्भावना देखिएपछी नगरपालिका कार्यलयले केही गर्लाकी नगर्ला, कृषिको प्रत्सोहान गर्ने निकायले चासो देलाकी नदेला त्यो भने हेर्न भने हेर्न वाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं