SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/७ गते
    ८१ पटक

    काठमाडौं,  । संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया छल्दै आफूअनुकूलका विभिन्न कम्पनीबाट सामग्री खरिद गरेर भुक्तानीसमेत दिएको खुलेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ठाडो निर्देशनमा उनीसहित उपाध्यक्ष, समिति सभापति तथा सचिवको कार्यकक्ष व्यवस्थापनका लागि फर्निचर, कार्पेट, पर्दालगायत सामग्री खरिद गर्न ३८ कम्पनीलाई विनाटेन्डर ठेक्का दिएको र २ करोड भुक्तानीसमेत भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    ५ लाखभन्दा बढी मूल्यको खरिदका लागि टेन्डर प्रक्रिया अपनाउनुपर्ने नियम छल्न संसद्ले एउटै कम्पनीलाई पौने १० लाखको ठेक्का दिएर दुई बिलमा भुक्तानी गरेकोसमेत भेटिएको छ । अरू उस्तै प्रकृतिका ३७ कम्पनीलाई पनि उही कामका लागि ठेक्का दिएर अनियमितता गरिएको संसद् स्रोतले जनायो ।

    स्रोतका अनुसार सार्वजनिक खरिद ऐनविपरीत संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिविना नै २३ फागुनमा सबै कम्पनीलाई रकम भुक्तानी भएको छ । अध्यक्षले निर्देशन दिए पनि भट्टराईले नमानेको स्रोतले बतायो ।

    महासचिवले भुक्तानी स्वीकृत नगरेपछि संसद्का प्रमुख लेखानियन्त्रक पुष्पप्रसाद गुरागाईंले पनि अस्वीकार गरेका थिए । तर, अध्यक्षको आदेश नमान्दा उनको सरुवा भएको छ । ‘लेखा प्रमुखलाई सरुवा गरेर अहिले महासचिवको स्वीकृतिविना नै भुक्तानी भएको छ,’ सचिवालय स्रोतले भन्यो ।

    ऐनमा यस्तो छ व्यवस्था

    सार्वजनिक खरिद ऐनको दफा ६६ को उपदफा १ मा ‘विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानि–नोक्सानी हुने अवस्था भए सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्नेछ’ भन्ने व्यवस्था छ ।

    तर, सोही दफाको उपदफा २ मा सार्वजनिक निकायका प्रमुखले उपदफा १ बमोजिमको परिस्थिति र तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिका अधिकारीलाई दिनुपर्ने उल्लेख छ । तर, संसद् सचिवालयका सचिवले महासचिवको स्वीकृतिविना नै भुक्तानी स्वीकृत गरेर ऐनको उल्लंघन गरेका छन् ।

    अर्थ मन्त्रालयको समेत लिएन स्वीकृति

    अर्थ मन्त्रालयको ‘आर्थिक कार्यविधि, सार्वजनिक खरिद तथा भ्रमण खर्चसम्बन्धी केही ऐन तथा नियमावली’को दफा १२३ मा कुनै पनि कार्यालयले आर्थिक दायित्व पर्ने निर्णय गर्दा वा गराउँदा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था छ । तर, सचिवालयले स्वीकृतिविना नै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सचिव, समिति सभापतिलगायतको कार्यकक्ष परिवर्तन तथा तयार गर्ने काममा २ करोड खर्च गरेको छ ।

    संसद् सचिवालयका सहसचिव वंशीराज पौडेलको संयोजकत्वको लेआउट कमिटी तथा अर्का सहसचिव कृष्णहरि खड्का संयोजकत्वको लागत अनुमान कमिटीले तयार पारेको प्रतिवेदनले १ करोड ८५ लाख खर्च लाग्ने निष्कर्ष निकालेको थियो । सोहीअनुसार सचिवालयले टेन्डर प्रक्रियाविना नै टुक्रा–टुक्रा गरेर खरिद प्रक्रिया अघि बढाएको हो ।

    कानुन छल्न एउटै कम्पनीका पाँच लाखमुनिका बिल ,एउटै कम्पनीको दुईवटा बिलमार्फत भुक्तानी

    -श्री विन्ध्यवासिनी ट्रेडर्स एन्ड सप्लायर्स– ४ लाख ८६ हजार
    -श्री विन्ध्यवासिनी ट्रेडर्स एन्ड सप्लायर्स– ४ लाख ८९ हजार

    उस्तै प्रकृतिका कम्पनीलाई ठेक्का र भुक्तानी

    -बटुक भैरव सप्लायर्स – ४ लाख ८६ हजार
    -थोकर सप्लायर्स – ४ लाख ७० हजार
    -सञ्जीव सप्लायर्स – ४ लाख ९७ हजार
    -भैरव सप्लायर्स – ४ लाख ८७ हजार
    -घ्याङ्ला कन्ट्रक्सन एन्ड सप्लायर्स – ४ लाख
    -त्रिशक्ति कन्ट्रक्सन एन्ड सप्लायर्स – ४ लाख ५७ हजार
    -एनएबिडी कन्ट्रक्सन एन्ड सप्लायर्स – ४ लाख ७० हजार
    -न्यु श्री लक्ष्मी इन्टरप्राइजेज – २ लाख ५१ हजार
    -न्यु युनिभर्सल इन्टरप्राइजेज – ४ लाख २ हजार
    -युनाइटेड इन्टरप्राइजेज – ४ लाख ९४ हजार
    -डिएस इन्टरप्राइजेज – ४ लाख ९३ हजार
    -आरपिसी इन्टरप्राइजेज – ४ लाख ९१ हजार
    -सुशान्त इन्टरप्राइजेज – ४ लाख ३३ हजार
    -दिव्य इन्टरप्राइजेज – ४ लाख ९७ हजार
    -श्री लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स – ४ लाख ४८ हजार
    श्री वनकाली ट्रेडर्स एन्ड सप्लायर्स – ४ लाख ६४ हजार
    शुभलाभ निर्माण सेवा – ४ लाख ७१ हजार
    दुरपना निर्माण सेवा – ४ लाख ६७ हजार
    ओम निर्माण सेवा – ४ लाख ७० हजार
    दिदीबहिनी निर्माण सेवा – ४ लाख ५८ हजार
    कटारी निर्माण सेवा – ४ लाख ७० हजार
    धनुषाधाम निर्माण सेवा – ४ लाख ७० हजार
    जयलक्ष्मी कन्ट्रक्सन – ४ लाख ७४ हजार
    सञ्जीव कन्ट्रक्सन – ४ लाख ६९ हजार
    बिएसडी कन्ट्रक्सन – ४ लाख ७४ हजार
    सीमा कन्ट्रक्सन – ४ लाख ७३ हजार
    बिएस ट्रेडिङ – २ लाख ७४ हजार
    चन्डिको जनरल ट्रेडिङ कन्र्सन – ४ लाख ९७ हजार
    गोमा कस्मेटिक एन्ड सप्लायर्स – ४ लाख ७० हजार
    मोडर्न कम्प्युटर प्रालि – ४ लाख ८८ हजार
    गौरीशंकर ट्रेडर्स – ४ लाख ४१ हजार
    जनता आदर्श एन्ड जनरल सप्लायर्स – ४ लाख ४४ हजार
    एनपी ट्रेड एन्ड जनरल सप्लायर्स –३ लाख ३ हजार
    गौरीशंकर स्टिल्स – ४ लाख ८७ हजार
    मोडर्न कम्प्युटर प्रालि – १ लाख ६९ हजार
    हिमालयन मेडिसिन डिस्ट्रिब्युटर्स – ३ लाख ३० हजार

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं