SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२ गते
    ७५ पटक

    सम्राट जिसि सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालीकाको बाबियाचौरमा सञ्चालन हुने सांस्कृतिक महोत्सवमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र २२ देखि ३० गते सम्म आयोजना हुने पश्चिम सुर्खेत बृहत कृषि, पर्यटन, तथा सांस्कृतिक महोत्सवमा उक्त प्रतियोगिता हुने भएको हो ।

    खुल्ला भलिबल प्रतियोगीतामा बिजेताका लागि एक लाख ३१ हजार रुपैयाँ पुस्कार प्रदान गरिने छ । यो कर्णाली प्रदेशमै भलिबलका लागी सर्बाधिक पुरस्कार राशी भएको महोत्सब मुल आयोजक समितीका सचिब जगतराज ढकालले जानकारी दिए ।

    सामुदायिक अध्ययन विकास केन्द्र पञ्चपुरी ६ ले आयोजना गर्न लागेको महोत्सबको सहआयोजनामा ८ वटा क्लबहरु समेत रहेका छन् ।
    “पश्चिम सुर्खेतको एकता, आजको आवश्यकता! कृषि पर्यटन संस्कृति तथा खेलकुद प्रवर्धनमा हाम्रो प्रतिबद्धता!!”भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सबमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ ।

    शुक्रबार वीरेन्द्रनगरमा महोत्सबका बारे जानकारी दिन पत्रकार सम्मेलनको जानकारी दिदैँ सचिब ढकालले ग्रामिण क्षेत्रमा नेतृत्व विकास र स्थानीय कृषि, पर्यटन र संस्कृति र खेलकुदको प्रवर्द्दन गर्नका लागि महोत्सबको आयोजना गरिएको बताए।

    महोत्सबमा ¥याफ्टिङ्ग समेत सञ्चालनमा ल्याईने भएको छ । पञ्चपुरी ५ तिखाकुनादेखि भेरी र कर्णालीको दोभान त्रिवेणीसम्म एकहजार रुपैयाँमा ¥याफ्टिङ्ग अप डाउन गरिने समेत ढकालले बताए । करिब डेढ सय स्टल रहने मेलामा विभिन्न लघु, घरेलु , कृषी तथा पशुजन्य स्थानिय उत्पादनहरु समेत रहनेछन् । करिब ५४ लाखको खर्चको अनुमान गरिएको महोत्सबमा ५ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा लिएकाे छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं