SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२ गते
    ७७ पटक

    काठमाडौं  । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउटसोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ । उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी प्रावधान हटाउन लागेको हो । उक्त म्याद सकिन अब दुईसातामात्र बाकी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

    एक कम्पनीमा कामदार भर्ना गरि अर्को कम्पनीमा काम लगाउादा कामदार ठगिने र अप्ठ्यारोमा पर्ने गरेको ठम्याई अधिकारीहरुको छ । उक्त निर्णय लागू भएमा हजारौं नेपालीले जागिर गुमाउने र स्वदेश र्फकनुपर्ने अवस्था सृजना हुनेछ । नेपालीसहित अन्य विदेशी कामदार पनि प्रभावित हुनेछन् ।

    त्यस्ता कम्पनीले कामदार कार्यरत कम्पनीसाग बढी रकम लिएर कामदारलाई न्यून पारिश्रमिक तिर्ने गरेकाले कामदारको श्रम शोषण हुने गरेको, मानव बेचविखन लगायत समस्या बढेको भन्दै उक्त भिसासम्बन्धी व्यवस्था हटाउन लागेको जनाइएको छ ।

    मलेसियाली अधिकारीहरुका अनुसार हाल करिब १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरु क्रियाशील छन् र ती कम्पनी अन्तर्गत करिब २६ हजार विदेशी कामदार कार्यरत रहेको बताइन्छ । तीमध्ये हजारौं नेपाली कामदार रहेको अनुमान छ । ती कम्पनीहरुले श्रमिक स्रोत मुलुकहरुबाट आफ्नो कम्पनी अन्तर्गत भिसामा कामदार आपूर्ति गरि ती कामदारहरुलाई तेश्रो पक्ष वा कम्पनीहरुमा काममा लगाउने गरेका छन् ।

    आफूसाग भएका त्यस्ता कामदारको सुरक्षित व्यवस्थापन गर्न सरकारले आउटसोर्सिङ कम्पनीहरुलाई करिब ५ महिनाको अवधि दिएको थियो । यस्तो भिसाको म्याद यही मार्च ३१ सम्ममात्र रहनेछ ।

    सरकारले त्यस्ता कामदारलाई उक्त मितिभित्रै स्वदेश र्फकन वा आफूले काम गर्ने कम्पनीको सम्पर्कमा भिसा परिवर्तन गर्न-गराउन अनुरोध पनि गरेको छ । उक्त मितिभित्र भिसा परिवर्तन नगरेमा र स्वदेश नफर्केमा अपि्रल १ देखि नै अध्यागमन विभागले भिसा रद्द गरिदिने र उनीहरुमाथि कानुनी कारवाही हुनसक्ने बताइएको छ ।

    ती कामदार स्वदेश र्फकंदा अध्यागमन विभागमा चेक आउट मेमो (स्वदेश फिर्ती हुनुअघि लिनुपर्ने अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ । उक्त अनुमति नलिई र्फकने कामदार पुनः मलेसिया जान पाउने छैनन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं