SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ४८ पटक

    बिनिता कडेल, चितवन ।
    चैत्र १ । भारद्धावाज गोत्रिय कडेल वंशद्धारा गैडकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन नवलपुरमा आएर बसोबास गरेका कडेलहरु आँफैले आर्थिक संकलन गरेर कुल मन्दिरको स्थापना गरेको कुल मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रमाकान्त कडेलले बताए ।

    बिँउकोटबाट चितवन आएका कडेलहरुले २०५६ शालदेखि सो स्थानमा पुजा आजा गर्दै आएकोमा पुजा गर्नको लागि संरचना सानो हुदाँ समस्या परेपछि सुबिधा समपन्न मन्दिरको स्थापना गरिएको हो । सवा तीन करोडमा निर्माण भएको कुल मन्दिरमा बिभिन्न देबीदेवताका दर्जन भन्दा बढी मुर्ती स्थापना गरिएको छ । मन्दिर भित्र र बाहिर गरि सप्तरिषीका ८, राम,सीता, हनुमान, लक्षमण, शिब पार्वती गणेश, देबि शुुर्य, बिष्णु लगाएतको मुर्तीहरुको स्थापना गरिएको अध्यक्ष कडेले बताए ।

    डेढ बिधा क्षेत्रफलमा निर्माण भएको मन्दिरमा आर्कषकको लागि मोजाक टाएलको प्रयोग गरिएको छ । अतिथि गृह सहित निर्माण भएको मन्दिरमा सुबिधा समपन्न यज्ञ मण्डप, आश्रम, भोजन गृह,लगाएत उच्च स्तरका शौचालयहरु निर्माण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाश कडेलले बताए । मन्दिरमा कडेलमात्र नभई अन्य ब्यत्तीको आवागनको लागि आर्कर्षण किसिका संरचना पनि छन । पर्यटन प्रवद्धन गर्ने उद्देश्यले ६० केजी बराबरको ४ वटा कलात्मक घण्ट जोड्नो मन्दिर ब्यबस्थापन समितिका सचिब हरी कडेलले बताए । कडेलका अनुसार हाल २ वटा घण्ट राखि सकिएको र बाँकी २ वटा पनि ललितपुरमा बनाउनको लागि अडर गरिएको छ ।

    २ बर्षमा निर्माण सम्मन गर्ने गरि बनाईएका मन्दिर महा भुकम्पका कारण १ बर्ष ढिला गरि निर्माण भएको हो । २०५६ शालदेखि कुलको स्थापना गरेर पुजा गर्दै आईएको ठाँउ निकै साघुरो भए पछि कडेलहरु आँफैले रकम संकलन गरेर मन्दिर निर्मांण गरिएको सचिब हरी कडेलले बताए । कडेलका अनुसार पहिले सानो ठाउका कारण सबै कार्यक्रम तथा पुजाहरु एकै ठाँउमा गर्नु पर्ने भए पछि मन्दिर निर्माण गरिएको हो । हाल बनेको कुल मन्दिरमा गुरुकुल र बृद्धा आश्रम सञ्चालन ल्याउने समेत अध्यक्ष कडेलले बताए । कडेलका अनुसार मन्रि निर्माणमा सहयोग गर्नेहरुको नामावली शिला लेखमा नाम लेख्ने तयारी र कडेलको वंशावली लेख्ने काम तत्कालै सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं