SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१ गते
    ११७ पटक

    भनिन्छ मानव जीवनमा सबैभन्दा महत्वपुर्ण धन भनेको स्वास्थ्य हो । हामीले हाम्रो दैनिक जीवनमा गर्ने कामहरुले पनि हाम्रो स्वस्थ जीवनशैलीमा धेरैं प्रधान पार्ने गर्दछ । हामीले हरेक दिन गर्ने आचरणहरुमा परिवर्तन ल्याउन सक्ने हो भने हामीले हाम्रो जीवनमा धेरैं कुराहरु परिवर्तन ल्याउन सकिन्छ ।

    हालै, अमेरिका स्थित क्यालिफोर्नीयाको एउटा चर्चित विश्व विद्यालयका विशेषज्ञहरुको टोलीले एक अनौंठो तथ्य पत्ता लगाएको छ । लाखौं व्यक्तिहरुमा गरेको सर्वेक्षण अनुसार निम्न ३२ मध्य कुनै पनि २० भन्दा माथि गर्ने व्यक्तिहरुको आयु सय वर्ष भन्दा धेरैं हुने जनाएको छ । यो जानकारीमुलक कुरा आफुले पढे पछि अरुको जानकारी लागि सेयर गर्नुहोस् ।

    दैनिक ८ गिलास पानी पिउने

    दैनिक रूपमा साग खाने

    खानामा सलाद समावेश गर्ने

    टुसा उम्रेका अनाज खाने

    बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

    मौसमअनुसारका फलफूल खाने

    चिसो पेयपदार्थ नपिउने

    चिया/कफी धेरै नपिउने

    रेसायुक्त तरकारी खाने

    नुन कम खाने बढी गुलियो नखाने

    तारेको र डढेको नखाने

    तरकारीको बोक्रा नफाल्ने

    भुटेको भटमास, मकै, चना खाने

    रातीको खाना ७ बजेभन्दा ढिलो नखाने

    खाना खानेबित्तिकै नसुत्ने

    चाँडै सुत्ने र चाँडै उठ्ने

    ८ घण्टा मस्त सुत्ने

    रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने

    बिहान कम्तिमा ३० मिनेट हिड्ने,

    व्यायाम गर्ने तनावमा काम नगर्ने

    सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

    प्रार्थना, पुजापाठ गर्ने

    जंकफुड, फास्टफुड सेवन नगर्ने

    बेलाबेलामा मनोरञ्जन गर्ने

    हरेक कुरामा चित्त बुझाउने

    ६/६ महिनामा शरीर चेकअप गराउने

    ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने

    शाकाहारी खानपान शैली अपनाउने

    दिनहुँ एकपटक मजाले हाँस्ने

    आफूलाई कमजोर नसम्झने

    सकारात्मक सोचाई राख्ने

    नियमित ध्यान गर्ने

    यो पनि पढ्नुस

    कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

    के हो ‘हाइपनिक जर्क’

    हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

    हाइपनिक जर्कको कारण के ?

    वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

    कसरी बच्ने ?

    आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

    क्याफिन

    सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

    गुलियो कम खाने

    धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

    आइरन

    यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

    धेरै कसरत र मोबाइल

    सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं