SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/३० गते
    ७३ पटक

    निर्मल पौडेल कुस्मा पर्वत ।
    नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको बन्दको प्रभाव धौलागिरमा पनि परेको छ। सरकारले प्रतिबिन्धित गरेको विप्लव समूहले आज गरेको नेपाल बन्दको घोषणाको प्रभाव निकै देखिएको हो । प्रहरीले विप्लवको बन्ददेखि नडराउन सर्वसाधरणलाई अनुरोध गरेको छ । वन्दको प्रभावले संधैजसो एका विहानै खुल्ने पर्वत सदरमुकाम कुस्माका एक दुईवटा पसलहरु खोलेपनि वजारको चोकहरु सुनसान रहेका छन् । त्यस्तै सदरमुकाम कुस्मा वाट देशका विभिन्न ठाउँहरुमा चल्ने लामो तथा छोटो दुरिका सवारी साधन पनि एकादुई मात्र चलेका छन् ।

    मिलनचोक , मालढुङ्गा वजार दोविल्ला,डिम्वुवा वजार ,यसैगरी पर्वत दक्षिणको पैँयु गाउपालिकामा वन्दको प्रभावले हुवास वजार वन्द रहेको छ । विहादी गाउँपालिकामा पनि वन्दको प्रभाव परेको छ , वन्दले सेतीवेनी वजार वन्द छ । महाशीला गाउँपालिकामा पर्ने लुङ्खुको देउराली वजार पनि वन्द रहेको स्थानीयले खवर पठाएका छन् ।

    फलेवास नगरपालिकामा पनि वन्दको प्रभाव उत्तिकै परेको छ । फलेवासमा रहेका मुख्य वजार मानिने राहले वजार, क्याम्पस चोक, ढिक,मुडिकुवा वजार , खानीगाउँ पिप्ले वजार ,खौला वजार , कार्किनेटा वजार लगायतका ठाउँहरुमा वन्दको प्रभाव नराम्रेरी परेको छ भने विधालयहरु वन्द रहेको र सवारी साधनहरु पनि सञ्चालन नभएको स्थानियले जानकारी दिएका छन् ।

    त्यस्तै वाग्लुङ सदरमुकाम वाग्लुङ वजारमा पनि पसलहरु फाट्ट फुट्ट वाहेक सवै वन्द छन् । गलकोट वजार, हटिया वजार , घोडावाँधे, वुर्तिवाङ वजार र यता कुश्मिसेरा वजार र वेलवगरमा पनि वन्दको प्रभाव परेको छ । म्याग्दीवाट हाम्रा संवाददाताहरुले दिएको जानकारी अनुसार वेनी वजारमा वन्दको प्रभाव नराम्ररी परेको वतार्ईएको छ । यस्तै निजि तथा सरकारी विधालयहरु केहि सञ्चालनमा आएपनी अन्य वन्द रहेको खवर प्राप्त छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं